ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन दोलखामा ५६ वटा खोप केन्द्र निर्धारण

2 months ago/Saturday, March 6th, 2021

प्रमिला नेपाली ।

जिरी (दोलखा), २२ फागुन ।

दोलखामा ६५ वर्ष भन्दा माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि ५६ वटा खोप केन्द्र तोकिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लामा ६५ वर्ष भन्दा माथिका उमेर समुहका नागरिकलाई खोप लगाउनका लागि ५६ वटा खोप केन्द्र तोकिएको हो । जिल्लाभरका स्थानीय तहमा रहेको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था गरी ५६ वटा खोप केन्द्रबाट ६५ वर्ष भन्दा माथिका उमेर समुहका नागरिकहरुलाई भोलिदेखि दोस्रो चरणको कोराना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु झाले जानकारी दिनुभयो । सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई भोलिदेखि खोप लगाउने निर्णय गरेसँगै दोलखामा पनि ती उमेर समुहका नागरिकहरुलाई खोप लगाउन आ–आफ्नै स्थानीय तहको नजिकैको स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको हो  ।

यसअघि दोस्रो चरणमा ५५ वर्ष भन्दा माथिको उमेर समुह अन्र्तगत सबै विद्यालयका शिक्षक, कर्मचारी सार्वजनिक सावरीका चालक र सहचालक तथा पहिलो र दोस्रो चरणमा खोप लगाउन छुटेका लक्षित वर्गहरुलाई कोरोना विरुद्धको खोप लगाउने भनिएता पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार हिजो बिहान बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बैठकले दोलखामा पनि ६५ वर्ष भन्दा माथिको उमेर समुहलाई मात्रै खोप लगाउने निर्णय गरेको प्रमुख झाले बताउनुभयो ।

दोलखामा ६५ वर्ष भन्दा माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि ५६ वटा खोप केन्द्र तोकिएको छ । जिल्लाभरका  सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई भोलिदेखि खोप लगाउने निर्णय गरेसँगै दोलखामा पनि ती उमेर समुहका नागरिकहरुलाई खोप लगाउन आ–आफ्नै स्थानीय तहको नजिकैको स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको हो ।खोप लगाउन जाँदा उमेर खुल्ने फोटोसहितको परिचय (नागरिकता) लिएर जानुपर्नेछ ।

६५ वर्ष भन्दा माथिका नागरिक बाहेक प्राथमिकताको आधारमा लक्षित समुहरुलाई केहि समयपछि अर्को चरणको खोप सञ्चालन हुने भएकाले ५५ वर्षभन्दा माथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक सवारी चालक र सहचालकलाई खोप लगाइने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार गर्भवती महिला र औषधीको रियाक्सन भएका मानिसहरुलाई भने खोप दिइने छैन् । खोप लगाउन जाँदा उमेर खुल्ने फोटोसहितको परिचय (नागरिकता) लिएर जानुपर्नेछ । दोलखामा पहिलो र दोस्रो प्राथमिकतामा परेका २ हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको खोप यसअघिनै लगाइसकेका छन् ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार पहिलो चरणमा १५ सय २८ र दोस्रो प्राथमिकामा परेका १४ सय २८ जना गरी २ हजार ९ सय ६८ जनाले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका थिए । हाल पहिलो र दोस्रो चरणमा लगाएर स्वास्थ्य कार्यालयसँग १० हजार डोज खोप बाँकी रहेकोले सोही खोप स्थानीय तहमा पठाइने प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अपुग भएको केन्द्रमा माग गरी उपलब्ध गराइनेछ ।

२२ फागुन, २०७७ । ४ः३० बजे प्रकाशित ।

VIEWS: 1280 पटक हेरीएको
error: Content is protected !!