ट्रकको ठक्करबाट कालिञ्चोक गाउँपालिकाका युवक गम्भिर घाईते

3 weeks ago/Friday, May 1st, 2020

दोलखा, १९ बैशाख ।

दोलखाको भीमेश्वर नगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिञ्चोक गाउँपालिकाका एक युवक गम्भिर घाईते भएका छन् ।

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ सुन्द्रावतीका अन्दाजी २४ वर्षीय शिव थामी गम्भिर घाईते भएका हुन् । सदरमुकाम चरिकोटबाट सिंगटीतर्फ जाँदै गरेको बा ५१ प २५०८ नम्बरको मोटरसाइकलमा सवार उनलाई विपरित दिशाबाट आउँदै गरेको ना २ ख ४४६८ नम्वरको ट्रकले ठक्कर दिएको दोलखा प्रहरीले जनाएको छ । गम्भिर घाईते थामीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भईरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक चालकलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।

१९ बैशाख, २०७७ । १२ः ०० बजे प्रकाशित ।

VIEWS: 3140 पटक हेरीएको
error: Content is protected !!