जिरी (दोलखा), २८ साउन ।
दोलखाको जिरी नगरपालिकामा आफ्नै घरको माथिल्लो तलाबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।
जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलका ५६ वर्षीय वीरबहादुर तामाङको आफ्नै घरको माथिल्लो तलाबाट खसेर मृत्यु भएको हो । गएराती करिब ९ बजे खाना खाएर घरको माथिल्लो तलामा सुत्न जाने क्रममा लडेर गम्भीर घाइते भएका तमाङको जिरी अस्पतालमा उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर) रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
२८ साउन, २०७६ । ८ः०० बजे प्रकाशित
VIEWS: 8525 पटक हेरीएको