ठेकेदारको विरुद्धमा चरिकोटमा मानव साङलो

3 weeks ago/Tuesday, November 19th, 2019

दोलखा, ३ मंसिर ।

दोलखामा खाडीचौर चरिकोट सडकको ठेकेदारको विरुद्धमा आज चौथो दिन मानव साङ्लो बनाएर बिरोध प्रदर्शन गरिएको छ ।

खाडीचौर चरिकोट सडक निर्माणमा ढिलाई गर्ने ठेकदार दिपक सापकोटा विरुद्ध शनिवारदेखि सुरु भएको आन्दोलन अन्तर्गत आज मानव साङ्लो बनाएर बिरोध प्रदर्शन गरिएको हो । मुखमा कालो मास्क लगाएर निस्कीएका जिल्लावासीले मानव साङलो बनाएर शंकरमाली निर्माण सेवाका ठेकेदार विरुद्ध प्रदर्शन गरेका हुन् । कालोपत्रेसहितको सडक बनाउन नैतिक दबाव दिने उदेश्यले आन्दोलन जारी राखिएको प्रदर्शनमा सहभागी रमेश खतिवडाले जानकारी दिनुभयो ।

यसअघि शनिवार सार्वजनिक सवारी साधनमा ठेकेदारको फोटो टाँसेर विरोध सुरु भएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष वित्तिसक्दा समेत कालेपत्रे नगरेकाले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयले बताएका छन् । खाडीचौर चरिकोट सडक हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुँदा यात्रुहरु लगातार सास्ती व्यहोर्न बाध्य भएका छन् ।

३ मंसिर, २०७६ । ३ः२० बजे प्रकाशित ।

VIEWS: 4965 पटक हेरीएको
error: Content is protected !!