ठोसेका आगलागी पिडीतलाई गोकुलगंगा गाउँपालिकाको सहयोग

3 weeks ago/Thursday, February 11th, 2021

जिरी(दोलखा), २९ माघ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाले ठोसेमा आगलागीमा परि मुत्यु भएका परिवारलाई राहत सहयोग गरेको छ ।

गाउँपालिकाले आगलागीमा परी मुत्यु भएका गोकुलगंगा गाउँपालिका २ ठोसेस्थित चौरपातलकी  पासाङलेकि शेर्पाको परिवारलाई ५० हजार नगदसहित खाद्यान्नका सामग्री राहत स्वरुप सहयोग गरेको हो । आगलागि पिडीत शेर्पाको परिवारलाई  हिजो ५० हजार नगद, ३ बोरा चामल, ५ लिटर तेल, ५ किलो दाल, २/२ वटा त्रिपाल र मन्डी तथा भाडाकुडा लगायतका खाद्यान्नका सामग्री सहयोग गरिएको गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठले जानकारी दिनुभयो ।

गत आइतबार घरको भान्सा कोठाको चुलोबाट आगो सल्किएर आगलागी हुदाँ किपाले शेर्पाकी ९५ वर्षिया आमा पासाङलेकि शेर्पाको जलेर मुत्यु भएको थियो भने घर जलेर नष्ट हुदाँ ४ लाख १० हजार बराबरको क्षति भएको थियो ।

२९ माघ, २०७७ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 2760 पटक हेरीएको
error: Content is protected !!