कोरोना संक्रमितको उपचारका लागि डाक्टर सहितको टोली लिएर समाजसेवी शर्मा मेलुङमा

2 weeks ago/Saturday, June 5th, 2021

ईदोलखा संवाददाता ।

दोलखा, २२ जेठ ।

दोलखाको मेलुङ गाउँपालिकामा एकैसाथ धेरै स्थानीयमा कोरोना संक्रमण देखिएपछि जिल्ला समन्वय समिति दोलखाका सदस्य एवँ समाजसेवी बिदुर शर्माको नेतृत्वमा डाक्टरसहितको टोली बिरामीको उपचारका लागि गाउँमा पुगेको छ ।

आफ्नो गृह गाउँपालिकामा कोरोना महामारी फैलिएको सूचनापछि जिसस सदस्य शर्मा दुई जना डाक्टर सहितको स्वास्थ्यकर्मी टोली र औषधी लिएर गाउँ पुगेका हुन् । सो टोलीमा भक्तपुर इन्टरनेशनल अस्पतालका डाक्टरहरु अभिषेक देव र रामकृष्ण श्रेष्ठ तथा नर्स कल्पना गुरुङ सहितका स्वास्थ्यकर्मी रहेका छन् । गाउँ पुगेको डाक्टरसहितको टोलीवाट स्वास्थ्य परिक्षण गराउनका लागि वडा अध्यक्षहरु तथा स्थानीय स्वास्थ्य सँस्थाहरुले समन्वय गरेका छन् । अभियानको पहिलो दिन वडा नम्बर ३ का वडा अध्यक्ष हिरा थोकर र वडा नम्बर ७ का अध्यक्ष नवराज खड्का पनि टोलीसँगै खटिएका छन् ।

डाक्टर सहितको टोलीले आज विहान मेलुङ गाउँपालिका वडा नम्बर ७ वाट कोरोना संक्रमित बिरामी तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसहरुको स्वास्थ्य परिक्षण र औषधी बितरण सुरु गरेको छ । वडा नम्बर ७ मेलुङवाट सुरु भएको स्वास्थ्य परिक्षण तथा औषधी बितरण कार्य वडा नम्बर ६ हुँदै वडा नम्बर ५ डाडाखर्कमा पुगेको छ । सो क्रममा आज अपरान्हसम्म ३३ जना कोरोना संक्रमितको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षणको क्रममा गाउँ–गाउँमा रुघाखोकी र ज्वरो आएका लक्षण सहितका बिरामी फेला परेको, औषधी नपुगेका बिरामीलाई स्वास्थ्य परिक्षण पछि औषधी बितरण गरिएको र स्वासप्रस्वासमा समस्या देखिएका एक जना बिरामीलाई उपचारका लागि अस्पताल लैजान शिफारिस गरिएको डा. अभिषेक देवले जानकारी दिनुभयो ।

आफ्नो गृह गाउँपालिकामा कोरोना महामारी फैलिएको सूचनापछि जिसस सदस्य शर्मा दुई जना डाक्टर सहितको स्वास्थ्यकर्मी टोली र औषधी लिएर गाउँ पुगेका हुन् । सो टोलीमा भक्तपुर इन्टरनेशनल अस्पतालका डाक्टरहरु अभिषेक देव र रामकृष्ण श्रेष्ठ तथा नर्स कल्पना गुरुङ सहितका स्वास्थ्यकर्मी रहेका छन् । समाजसेवी शर्माले कोरोनाको पहिलो लहरमा काठमाण्डौं उपत्यकामा निषेधाज्ञा भएपछि गाउँ फर्किन नसकी अलपत्र परेका मेलुङ गाउँपालिकाका नागरिकलाई लाखैं खर्च गरेर बस रिजर्भ गरी गाउँ पठाएका थिए भने उपत्यकामा महामारीकै कारण संकटमा परेका मेलुङवासीलाई खाद्यान्न र दैनिक उपभोग्य सामाग्रि समेत व्यवस्था गरेका थिए । 

डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी, ज्वरो र टाउको दुखाईको औषधी तथा क्याल्सियम, मल्टि भिटामिन, एन्टिवायोटिक लगायतका औषधीहरु पनि साथमै लगेको छ । डाक्टर सहितका स्वास्थ्यकर्मी र औषधी वापतको खर्च समाजसेवी शर्माले व्यहोरेका छन् । सो टोली डाडाखर्कवाट वडा नम्बर ४ भेडपु हुँदै भोली वडा नम्बर ३, २ र १ नम्बर वडामा पुगेर संक्रमितको स्वास्थ्य परिक्षण तथा उपचार गर्ने कार्यक्रम छ । जिसस सदस्य एवँ समाजसेवी शर्माले गाउँपालिकावासीको जीवनरक्षाका लागि आफु डाक्टर सहितका स्वास्थ्यकर्मी र औषधी लिएर गाउँ पुगेको बताउनुभयो ।

समाजसेवी शर्माले कोरोनाको पहिलो लहरमा काठमाण्डौं उपत्यकामा निषेधाज्ञा भएपछि गाउँ फर्किन नसकी अलपत्र परेका मेलुङ गाउँपालिकाका नागरिकलाई लाखैं खर्च गरेर बस रिजर्भ गरी गाउँ पठाएका थिए भने उपत्यकामा महामारीकै कारण संकटमा परेका मेलुङवासीलाई खाद्यान्न र दैनिक उपभोग्य सामाग्रि समेत व्यवस्था गरेका थिए । मेलुङ गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बृद्धि भएको छ । स्वास्थ्य कार्यालय दोलखाको तथ्याँक अनुसार मेलुङ गाउँपालिकामा शुक्रवारसम्म ११८ जनामा संक्रमण पुष्टि भएकोमा ९५ जना अझै सक्रिय संक्रमित रहेका छन् । दोलखाका ७ गाउँपालिका मध्ये मेलुङ गाउँपालिकामा अहिले सवैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

२२ जेठ २०७८ । ५ः३० बजे प्रकाशित ।

VIEWS: 1280 पटक हेरीएको
error: Content is protected !!