डिपिआरमै थन्कियो जिरी ताल निर्माणको योजना

4 weeks ago/Friday, February 5th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा) २३ माघ ।

दोलखाको जिरी नगरपालिकाले गौरवको आयोजनाको रुपमा अघि सारेको जिरी ताल निर्माणको काम अलपत्र परेको छ ।

संघीयता लागु भएसँगै जिरी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गौरवको आयोजनाको रुपमा लिईएको जिरी ताल बजेट अभावका कारण अलपत्र परेको हो । जनप्रतिनिधि निर्वाचित भएको तिन बर्ष बित्नै लागे पनि आयोजनाको डिपिआर तयार हुनु बाहेक अन्य प्रक्रिया अघि नबढ्दा अहिलेका जनप्रतिनिधिको ५ बर्षे कार्याकाल भित्र जिरी ताल नबन्ने करिव निश्चित जस्तो भएको छ । ताल निर्माणको काम अघि नबढे पछि जनप्रतिनिधिको आलोचना समेत हुन थालेको छ । निर्वाचनका बेला जिरी ताल निर्माण गरी जिरीको पर्यटन प्रर्वद्धन गर्ने भनिए पनि जनप्रतिनिधि निर्वाचित भएसँगै गौरवको आयोजनाको रुपमा रहेको जिरी ताल निर्माणमा चासो नदिएको नगरवासीले गुनासो गरेका छन् ।

जिरी नगरपालिकाले वडा नम्बर ४ र ६ को बीचमा पर्ने जिरी खोलाको तल्लो भागमा ताल निर्माण गर्नेगरी योजना अघि बढाएको थियो । तर, नगरपालिकाले पालिकाको गौरवको आयोजनाको रुपमा जिरी ताललाई अघि बढाए पनि डिपिआर निर्माणमै दुई बर्ष लागेको थियो । जिरी नगरपालिकाकै आन्तरिक बजेटवाट डिपिआर तयार गरीए पनि ताल निर्माणको लागि नगरपालिकाले अझै जग्गाको व्यवस्थापन गर्न सकेको छैन । ग्रिड जेभी परामर्शदाताले नगरपालिकासँग सम्झौता गरी १ करोड २२ लाखमा तालको डिपिआर गरेको थियो । दोलखाका स्थानीय सरकार मध्ये जिरी ताल निर्माणका लागि डिपिआर तयार पार्न सवैभन्दा बढी खर्च भएको थियो । एउटै आयोजना अर्थात जिरी तालको डिपिआरका लागि १ करोड २२ लाख खर्च भएको दोलखाका स्थानीय सरकारको सम्भवत पहिलो योजना हो । यति धेरै बजेट खर्च गरेर तालको डिपिआर तयार गरिए पनि यसका लागि अघि बढाउनु पर्ने सामान्य प्रक्रिया समेत अघि बढ्न सकेको छैन । नगरपालिकाले ताल निर्माणको क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको यकिन गरी अधिग्रहणको प्रक्रिया समेत सुरु गर्न सकेको छैन ।

नगरपालिकाले दुई बर्ष लगाएर तयार पारेको जिरी तालको डिपिआर पछिल्लो एक बर्षदेखि थन्किएर बसेको छ । बागमती प्रदेश सरकारले चालु बर्ष जिरी तालका लागि ५ करोड बजेट बिनियोजन गरेको भनिएपनि अहिलेसम्म बजेट खर्चको अख्तियारी नआएको जिरी नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले नगरपालिकाको आन्तरिक बजेटवाट ताल निर्माण सम्भव नरहेको र संघ तथा प्रदेशवाट बजेट नआउँदा जग्गा व्यवस्थापन गरी काम अघि बढाउने काम हुन नसकेको बताउनुभयो ।

नगरपालिकाले दुई बर्ष लगाएर तयार पारेको जिरी तालको डिपिआर पछिल्लो एक बर्षदेखि थन्किएर बसेको छ । अहिले सम्म जिरी ताल कुन मोडलमा कसरी निर्माण गर्ने भन्ने बिषय समेत यकिन हुन सकेको छैन । नगरपालिकाले संघीय सरकार र बागमती प्रदेश सरकारसँग बजेट माग गरेर पठाउनु बाहेक अन्य काम गर्न सकेको छैन । बागमती प्रदेश सरकारले चालु बर्ष जिरी तालका लागि ५ करोड बजेट बिनियोजन गरेको भनिएपनि अहिलेसम्म बजेट खर्चको अख्तियारी नआएको जिरी नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले नगरपालिकाको आन्तरिक बजेटवाट ताल निर्माण सम्भव नरहेको र संघ तथा प्रदेशवाट बजेट नआउँदा जग्गा व्यवस्थापन गरी काम अघि बढाउने काम हुन नसकेको बताउनुभयो । पर्यटकीय नगरी जिरीमा जिरी ताल निर्माण हुनु दोलखा बासीकै गौरवको विषय हो । तालको निर्माण भएमा पर्यटन प्रवद्र्धन र आर्थिक वृद्धिमा समेत ठूलो टेवा पुग्ने देखिन्छ ।

पर्यटकीय नगरी जिरीमा जिरी ताल निर्माण हुनु दोलखा बासीकै गौरवको विषय हो । तालको निर्माण भएमा पर्यटन प्रवद्र्धन र आर्थिक वृद्धिमा समेत ठूलो टेवा पुग्ने देखिन्छ । बागमती प्रदेशसभाका सांसद विशाल खड्काले जिरी ताल निर्माणको योजनालाई चालु वर्ष प्रदेशबाट ५ करोड बजेट विनियोजन भएको र प्रदेश सरकारले बहुवर्षीय योजनामा समावेश गरेको बताउनुभयो । उहाँले नगरपालिकाले जग्गाको व्यवस्थापन गर्न सकेमा जिरी ताल निर्माणको लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारवाट विनियोजन हुने बताउनुभयो । तर, जग्गाको व्यवस्थापन नहुँदा डिपिआरमै ताल निर्माणको योजना थन्किएको छ 

जिरीमा ताल निर्माण गर्ने अवधारणा पूर्व सांसद एवम् शिक्षक इन्द्रबहादुर खड्काको अवधारण हो । पूर्व सांसद खड्काले अघि सारेको ताल निर्माणको अवधारणा पर्यटकीय नगरी जिरीको लागि उपयुक्त अवधारणा भए पनि काम अघि बढ्न नसकी चर्चामै सिमित रहँदा स्थानीयमा समेत निराशा छाएको छ । पूर्व सांसद खड्काले जिरी ताल निर्माणको विषय राम्रो सम्भावना बोकेको ठूलो आयोजना भएपनि अन्यौलमा राख्न नहुने बताउनुभयो । पब्लिक प्राइभेट पार्टनरसीप मोडलमा भएपनि ताल निर्माणको कामलाई अघि बढाउन सकिने उहाँको भनाई छ । बागमती प्रदेशसभाका सांसद विशाल खड्काले जिरी ताल निर्माणको योजनालाई चालु वर्ष प्रदेशबाट ५ करोड बजेट विनियोजन भएको र प्रदेश सरकारले बहुवर्षीय योजनामा समावेश गरेको बताउनुभयो । उहाँले नगरपालिकाले जग्गाको व्यवस्थापन गर्न सकेमा जिरी ताल निर्माणको लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारवाट विनियोजन हुने बताउनुभयो । तर, जग्गाको व्यवस्थापन नहुँदा डिपिआरमै ताल निर्माणको योजना थन्किएको छ ।

नगरबाट जग्गाको व्यवस्थापन भएसम्म चालु वर्षबाटै र जग्गाको व्यवस्थापन नभएमा व्यवस्थापन भएपछि मात्रै बजेट विनियोजन गर्ने प्रदेश सरकारको योजना रहेको सांसद खड्काको भनाई छ ।

आवरण तस्बिर प्रस्तावित जिरी ताल निर्माण क्षेत्र

२३ माघ, २०७७ । ७ः४५ बजे प्रकाशित ।

VIEWS: 3630 पटक हेरीएको
error: Content is protected !!