डिभिजन वन दोलखाले नियमविपरित २६ टुक्रा पारेर लाखौंँको विरुवा खरिद गरेको खुलासा

2 days ago/Sunday, August 2nd, 2020

दुर्गा बस्नेत ।

दोलखा, १८ साउन।

डिभिजन वनकार्यालय दोलखाले आर्थिक वर्ष २०७५/७६ मा नियमविपरित विरुवा खरिद गरेको पाइएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार डिभिजन वनकार्यालय दोलखाले आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न विरुवाहरु टुक्राटुक्रा गरि २६ पटकमा खरिद गरेको पाइएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ मा खरिद गर्दा प्रतिष्पर्धा सीमित हुनेगरी टुक्राटुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ । तर डिभिजन वन कार्यालय दोलखाले ६७ लाख ७६ हजार मूल्यका विभिन्न विरुवाहरु टुक्रा–टुक्रागरि २६ पटक खरिद गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा एउटै बिरुवा कार्यक्रम अनुसार पटक–पटक खरिद गरेको, एउटै सामग्रीको मूल्य समेत फरक देखिएको र यसबाट खरिद कार्य मितव्ययी र प्रतिस्पर्धी नदेखिएको उल्लेख छ ।

यस्तै पटक–पटक खरिद गरी भरपाईको आधारमा वितरण गरी खर्च जनाएका विरुवाहरु कृषक तथा समुदायहरुबाट बृक्षारोपण गरेको, सोको संरक्षण हुने व्यवस्था भएको अभिलेख अद्यावधिक गर्ने सम्बन्धमा कुनै कार्यहरु नगरेको, समुदायहरुले वृक्षारोपण गरेको भूमि, क्षेत्रफल, बिरुवाको संख्या र संरक्षण सम्बन्धमा अभिलेख अद्यावधिक गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । तर, डिभिजन वन कार्यालय दोलखाले भने आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले चार पटक मात्रै विरुवा गरिद गरेको जनाएको छ । कार्यालयले विभिन्न प्रकारका २ लाख ९० हजार ४० वटा विरुवा गरिद गरी रोपण गर्न सो आर्थिक वर्षमा ५२ लाख ७७ हजार रकम खर्च गरेको बताएको हो ।

यद्यपी विभिन्न समुह, व्यक्ति, निजि तथा सामुदायिक वनलाई प्याकेजमा रकम उपलब्ध गराउने भएकाले उनीहरुले फरक–फरक समयमा खरिद गरेकाले प्रतिवेदनमा पटक–पटक खरिद गरेको देखिएको हुनसक्ने डिभिजन वन कार्यालय दोलखाका निमित्त प्रमुख चन्द्र बहादुर थापाले बताउनुभयो । कार्यालयका अनुसार विरुवा खरिद गरी रोपणका लागी विभिन्न समुह, व्यक्ति, निजि तथा सामुदायिक वनलाई प्याकेजमा रकम उपलब्ध गराइकाले ती विरुवा कतिमा खरिद गरेको हो र खरिद मुल्य कति थियो भन्ने एकिन तथ्यांकन भएको हो । सो विरुवा खरिद गर्ने वेलामा डिभिजन वन कार्यालय दोलखाको प्रमुख सन्तमाया श्रेष्ठ थिइन् । उनलाई अख्तियारले घुस रकम सहित गत बर्ष नियन्त्रणमा लिएको थियो ।

डिभिजन वनकार्यालय दोलखाले आर्थिक वर्ष २०७५/७६ मा नियमविपरित विरुवा खरिद गरेको पाइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ मा खरिद गर्दा प्रतिष्पर्धा सीमित हुनेगरी टुक्राटुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ । तर डिभिजन वन कार्यालय दोलखाले ६७ लाख ७६ हजार मूल्यका विभिन्न विरुवाहरु टुक्रा–टुक्रागरि २६ पटक खरिद गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा एउटै बिरुवा कार्यक्रम अनुसार पटक–पटक खरिद गरेको, एउटै सामग्रीको मूल्य समेत फरक देखिएको र यसबाट खरिद कार्य मितव्ययी र प्रतिस्पर्धी नदेखिएको उल्लेख छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ हजार लौठसल्लाको विरुवा खरिद गरी रोपण गर्दा ७ लाख २० हजार रकम खर्च भएको थियो । लौठसल्लाको सो विरुवा जिरी, हावा, लापिलाङ, भेड्पु, सुष्पाक्ष्मावती, भुषाफेदाको विभिन्न सामुदायिक वन तथा निजि वन क्षेत्रमा रोपिएको छ । यस्तै १० हजार सतुवा विरुवा खरिद गरी रोपण गर्दा १० लाख रकम खर्च भएको पाइएको छ । सतुवाको विरुवा जिरी, काब्रे, भुषाफेदा, शैलुङ र काटाकुटीको विभिन्न सामुदायिक वन क्षेत्रमा रोपिएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा ८० हजार वटा चिराईतोको विरुवा खरिद गरी रोपण गरीएको पाइएको छ । ४ लाख लागतमा ८० हजार चिराईतोको विरुवा खरिद गरी रोपण गरिएको हो । जिरी, भेड्पु, लापिलाङका सामुदायिक वनमा सो विरुवा लगाइएको बन कार्यालयको दावी छ ।

कार्यालयले सो आर्थिक वर्षमा ९० हजार वटा अर्गेलीको विरुवा पनि खरिद गरी रोपण गर्दा १३ लाख ५० हजार रकम खर्च गरेको छ । अर्गेलीको विरुवा माली सुष्पाक्षमावती र लाकुँरीडाडाको वनमा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयले सो आर्थिक वर्षमा ६ हजार वटा टिम्मुरको विरुवा गरिद गरी रोपण गर्दा ४ लाख ५० हजार रकम खर्च भएकोे छ । टिमुरको विरुवा काटाकुटीका विभिन्न कवुलियति वनमा रोपिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी शम्भु बराईलीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ५ सय वटा निबुवाको विरुवा खरिद गरी रोपणमा ९ हजार, २५ सय कागतीकाविरुवाखरिद गरी रोपण गर्दा १० हजार, २२ सय सुन्तलाका विरुवा खरिद गरी रोपण गर्दा ५० हजार र ९ सय वटा जुनारका विरुवा खरिद गरी रोपण गर्दा १८ हजार रकम खर्च भएको छ । सो विरुवाहरु झ्याँकु, जिरी, काटाकुटी, भुषाफेदा र भिमेश्वर नगरपालिका वडा नम्बर २ का विभिन्न कवुलियति वनमा लगाइएको कार्यालयको भनाई छ ।

आर्थिक वर्ष २०७५/७६ मा ४ लाख लागतमा ८० हजार चिराईतोको विरुवा खरिद गरी रोपण गरीएको पाइएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा ६० हजार काष्ठ प्रजातीका विरुवा उत्पादन र वितरण गरिएपछि रोप्नका लागि ६ लाख रकम खर्च गरेको छ । यसरी बन कार्यालयले लाखौंको बिरुवा खरिद गरी रोपन गरेको बताए पनि उल्लेखित स्थानमा रोपिएका बिरुवाहरुको अवस्थाका बारेमा पछिल्लो जानकारी बन कार्यालयसँगै छैन ।

कार्यालयका अनुसार सो आर्थिक वर्षमा ५ सय ७२ वटा आँपका विरुवा, ७ सय ५० वटा अनारका विरुवा, ३ हजार वटा अम्बाका विरुवा, ५ सय वटा भुईकटरका विरुवा, ४ सय ६६ वटा रुख कटरका विरुवा, ४ सय १६ वटा लिचिका विरुवा र २ सय ३६ वटा एभोकाडोको विरुवा पनि खरिद गरी रोपिएको छ । सो विरुवाहरु खरिद गरी रोपण गर्दा ५ लाख रकम खर्च भएको पाइएको छ । ति विरुवाहरु जफे, मालुका विभिन्न कवुलियति वनमा लगाएको कार्यालयको भनाई छ । बन कार्यालयले लाखौंको बिरुवा खरिद गरी रोपन गरेको बताए पनि उल्लेखित स्थानमा रोपिएका बिरुवाहरुको अवस्थाका बारेमा पछिल्लो जानकारी बन कार्यालयसँगै छैन ।

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा ६० हजार काष्ठ प्रजातीका विरुवा उत्पादन गरी वितरण गरेको छ । सो विरुवा उत्पादन र विरण गरिएपछि रोप्नका लागि ६ लाख रकम खर्च गरेको छ । काष्ठ प्रजातिका विरुवाका र्यालयले उत्पादन गरी जिल्लाका विभिन्न सामुदायिक वन, कवुलियति वन तथा निजि वनलाई वितरण गरेको हो । यस्तै कार्यालयले गैरकाष्ठका प्रजातिका १० हजार विरुवा उत्पादन र रोपणमा ९० हजार रकम खर्च गरेको छ । ति विरुवा पनि जिल्लाका विभिन्न सामुदायिक वन, कवुलियति वन तथा निजि वनलाई वितरण गरीएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो आर्थिक वर्षमा स्थानीय सामुदायिक वन उपभोक्ता समितिले विभिन्न प्रकारका १० हजार विरुवा उत्पादन गरी रोपणमा ८० हजार रकम खर्च गरेका छन् । लाँकुरीडाँडाको एक्लेपाखा सामुदायिक वन र च्यानेडाँडा सामुदायिक वन काटाकुटीमा सो विरुवाहरु रोपिएको छ ।

१८ साउन, २०७७ । ८ः४५ बजे प्रकाशित ।

VIEWS: 1830 पटक हेरीएको
error: Content is protected !!