तामाकोशी तेश्रो आयोजनाको सरोकार र दवावको राजनीति

3 weeks ago/Thursday, August 1st, 2019

लक्ष्मण खड्का ।

६५० मेगावाट क्षमताको तामाकोशी जलबिद्यूत आयोजना निर्माणको चासो देखाएको नर्वेजियन कम्पनी एसएन पावरले हात झिकेपछि अन्यौलमा रहेको तामाकोशी तेश्रो आयोजना अन्तत २०० मेगावाटमा सिमित भएको छ ।

आयोजनाको लाईसेन्स प्राप्त टिबिआई होल्डिङ कम्पनीले चिनियाँ कम्पनीसँगको साझेदारीमा २०० मेगावाट क्षमतामा निर्माण गर्ने सम्झौता गरेपछि दोलखामा अहिले तिव्र बिरोध भईरहेको हो । जिल्लाका साँसद र प्रभावशाली नेताहरुले यो बिषयमा अहिलेसम्म मुख नखोले पनि जिल्ला तहमा भने सरोकार समितिका नाममा दलहरु बिभाजित भएका छन् । साझा मुद्धामा जिल्लाको साझा धारणा बनाउनुको सट्टा सरोकार समिति वा अन्य समूहका नाममा विभाजित हुँदा मुल मुद्धा झनै अन्यौलमा पर्छ कि ? भन्ने चिन्ता सुरु भएको छ । दोलखा स्थित तामाकोशी तेश्रो जलबिद्यूत आयोजनाको क्षमता घटाएर निर्माणको सम्झौता भएको खवर सार्वजनिक भएसँगै दोलखामा त्यसको बिरोध गर्ने प्रतिश्पर्धा चलेको हो ।

राजनीतिक दल, सरोकार समिति र नागरिक दवाव समूहका नाममा एक पछि अर्को निरन्तर बिरोध भईरहेको हो । तामाकोशी तेश्रो आयोजनाको लाइसेन्स पाएको टिबिआई होल्डिङ कम्पनीले ६५० मेगावाट क्षमतालाई घटाएर २ सय मेगावाटमा सिमित गरी दुई चिनियाँ कम्पनीसँग निर्माणको सम्झौता गरेपछि एक पछि अर्को बिरोध भईरहेको छ । तामाकोशी तेश्रो आयोजनाको बिषयलाई लिएर राजनीतिक आस्थाका आधारमा स्वघोषित रुपमा सरोकार समिति गठन गर्ने र बिज्ञप्ति जारी गरी बिरोध गर्ने प्रतिश्पर्धा चलेको छ । यो आयोजनाको सन्दर्भमा दोलखावासीको साझा धारणा आउनुको सट्टा सरोकार समितिका नाममा राजनीतिक दलका नेताहरु नैं बिभाजित हुनु र बिभिन्न समूह बनाएर आ–आफ्नै पारामा दवाव सिर्जना गर्दा थुप्रै आशँका र समस्याहरु देखिन थालेका छन् ।

जिल्लाका साँसद र प्रभावशाली नेताहरुले यो बिषयमा अहिलेसम्म मुख नखोले पनि जिल्ला तहमा भने सरोकार समितिका नाममा दलहरु बिभाजित भएका छन् । यो आयोजनाको सन्दर्भमा दोलखावासीको साझा धारणा आउनुको सट्टा सरोकार समितिका नाममा राजनीतिक दलका नेताहरु नैं बिभाजित हुनु र बिभिन्न समूह बनाएर आ–आफ्नै पारामा दवाव सिर्जना गर्दा थुप्रै आशँका र समस्याहरु देखिन थालेका छन् ।

तामाकोशी तेश्रो आयोजनालाई २०० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको समाचार सार्वजनिक भए लगत्तै नेकपाका नेताहरुले सरोकार समितिका नाममा साउन १२ गते पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध जनाए । जिविस दोलखाका पूर्व उपसभापति एवँ नेकपाका नेता शिवप्रसाद भण्डारी सँयोजक रहेको सरोकार समितिले आयोजनाको क्षमता घटाउनु दोलखावासी माथिको गद्धारी भएको भन्दै निर्णय सच्याउन माग ग¥यो । सो पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेकपाका जिल्ला अध्यक्ष एवँ तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेल, भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसी लगायतका नेताहरु सहभागि थिए ।

भण्डारीको सँयोजकत्वमा रहेको सरोकार समितिले पत्रकार सम्मेलन सहित बिरोध गरेकै दिन दोलखा उद्योग वाणिज्य सँघले बिज्ञप्ति निकालेर बिरोध जनायो । त्यसको भोलिपल्ट साउन १३ गते नेपाली काँग्रेसका नेता एवँ बैतेस्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले तामाकोशी तेश्रो आयोजना सरोकार समितिको सँयोजक भएको भन्दै अर्को बिज्ञप्ति जारी गरेर सम्झौताको बिरोध जनाए । तामाकोशी तेश्रो आयोजनाको क्षमता घटाएर निर्माण सम्झौता गरेको बिषयमा राजनीतिक आस्थाका आधारमा छुट्टाछुट्टै सरोकार समिति बनाएर बिरोध सुरु गरिए पछि जिल्लाको साझा सवालमा बिरोधका शैली र प्रक्रियाहरु पनि आ–आफ्नै देखिएका छन् । तामाकोशी तेश्रो जस्तो जिल्लाको भबिष्यसँग जोडिएको बिषयलाई यसरी राजनीतिकरुपमा बिभक्त भएर बिरोध गर्दा बिरोधकै स्वर पनि बिभाजित भएर मुल मुद्धा कमजोर बन्ने हो की ? भन्ने आशँका पैदा भएको छ ।

सरोकार समिति होस् या नागरिक समूह ? यस्ता समिति र समूह सामूहिक छलफल पछि सवै पक्षको प्रतिनिधित्व हुनेगरी बन्नु पर्ने हो । तर, आफखुशि बन्ने यस्ता समिति र समूहले जिल्लाको साझा एजेण्डालाई दह्रो र खह्रोरुपमा उठाउन सक्दैन । त्यसैले तामाकोशी तेश्रो जलबिद्यूत आयोजनाको सन्दर्भमा साझा बुझाई, साझा सहमति र सामूहिक दवाव आवस्यक छ ।

तामाकोशी तेश्रो आयोजनाको ड्याम साईड लगायतका सँरचनाहरु भीमेस्वर नगरपालिका, बैतेस्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाको वीचमा रहने छ । भूमिगत सुरुङ मार्ग र बिद्यूत गृह बैतेस्वर र तामाकोशी गाउँपालिकामा पर्नेछ । तर, आयोजनावाट प्रभावित हुने गाउँपालिकाका अध्यक्षहरु नैं दुई वटा सरोकार समितिमा बाँडिए पछि झनै समस्या हुने देखिन्छ । त्याहाँ माथि तामाकोशी तेश्रो आयोजनाका बिषयमा दोलखाका साँसदहरु र जिल्लाका शिर्षस्थ नेताहरुको भनाई अहिलेसम्म सार्वजनिक नहुनु अर्थपूर्ण छ । तामाकोशी तेश्रोको सन्दर्भमा आ–आफ्नै शैलीमा बिरोध भईरहेका बेला तामाकोशी तेश्रो आयोजना निर्माणका लागि नागरिक समूह नामक अर्को समूह पनि खडा भएको छ । बुधवार मात्रै न्वारन भएको नागरिक समूह नामको समूहले विहिवार तामाकोशी तेश्रो आयोजनाको निर्माणमा नागरिक सरोकार बिषयक अन्तरक्रिया गरेको छ ।

सरोकार समिति होस् या नागरिक समूह ? यस्ता समिति र समूह सामूहिक छलफल पछि सवै पक्षको प्रतिनिधित्व हुनेगरी बन्नु पर्ने हो । तर, आफखुशि बन्ने यस्ता समिति र समूहले जिल्लाको साझा एजेण्डालाई दह्रो र खह्रोरुपमा उठाउन सक्दैन । त्यसैले तामाकोशी तेश्रो जलबिद्यूत आयोजनाको सन्दर्भमा साझा बुझाई, साझा सहमति र सामूहिक दवाव आवस्यक छ । नर्वेजियन कम्पनी एसएन पावरले ८०० मेगावाट क्षमतावाट घटाएर ६ सय ५० मेगावाट क्षमतामा निर्माणको प्रस्ताव गरेको तामाकोशी तेश्रो अन्तत २०० मेगावाट क्षमतामा निर्माण गर्ने गरी सम्झौता भएको हो । ६५० मेगावाटमा निर्माण गर्न सहमत नर्वेजिनय कम्पनीले बिजुली विक्रिका लागि प्रशारण लाईन र बजार सुनिश्चित नभएपछि हात झिकेको थियो ।

त्यसपछि इजाजत लाइसेन्स लिएको टिबिआई होल्डिङ कम्पनीले क्षमता घटाएर २०० मेगावाटमा सिमित गरी दुई चिनिया कम्पनी ‘वाईआईजी ईन्टरनेशनल र सांघाई ईन्भेस्टमेन्ट, डिजाईन एन्ड रिसर्च कर्पाेरेसन लिमिटेड’ सँग संयुक्त उपक्रम विकास प्रारुप (ज्वाईन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क) मा हस्ताक्षर गरेको हो । यद्धपि टिबिआईका अध्यक्ष भवन भट्टले तामाकोशी तेश्रो आयोजना सुरुमा २ सय ८० मेगावाट क्षमतामा बनाउने गरी सम्झौता भएको र पछि क्षमता बिस्तार गर्दै लैजाने प्रतिक्रिया दिएका छन् । निर्माणका लागि हस्ताक्षर भईसकेको यो आयोजना स्थानीयको बिरोध पछि अघि बढ्ला वा पुनः आयोजना निर्माण हुन नसकी अलपत्र पर्ला ? हेर्न बाँकी छ ।

१६ साउन २०७६ । २ः०० बजे प्रकाशित

VIEWS: 1940 पटक हेरीएको
error: Content is protected !!