तामाकोशी तेस्रो जलविद्युत आयोजनाको क्षमता २ सय मेगावाटमा झारेपछि दोलखाबासी आन्दोलित

3 months ago/Sunday, July 28th, 2019

दोलखा, १२ साउन ।

दोलखास्थित तामाकोशी तेस्रो जलविद्युत आयोजनालाई ६ सय ५० मेगावाटबाट घटाएर २ सय मेगावाटमा झारेपछि दोलखाबासी आन्दोलित भएका छन् ।

तामाकोशी तेस्रो जलविद्युत आयोजनालाई २ सय मेगावटमा झारेर गुप्त रुपमा चिनिया लगानीकर्ताहरुसँग सम्झौता भएको भन्दै दोलखाबासी आन्दोलित भएका हुन् । प्रवद्र्धक टिबिआई होल्डिङले तामाकोशी तेस्रोको क्षमता घटाएर २ सय मेगावाटमा निर्माण गर्ने गरि प्रवद्र्धक टीबिआई होल्डिङले दुई चिनियाँ कम्पनीसँग संयुक्त लगानीमा निर्माण गर्ने गरि समझदारी गरेपछि दोलखाका राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सँघ तथा स्थानीयहरुले विरोध जनाएका हुन् ।

तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समितिले आज पत्रकार सम्मेलन गर्दै टिबिआई होल्डिङले गुप्त रुपमा चिनियाँ लगानीकर्ताहरुसँग सम्झौता गरेको भन्दै आपत्ति जनाएको छ । सो आयोजनालाई सरकारले अगाडि बढाउनुको सट्टा २ वर्ष यता क्षमता घटाउँदै सर्वेक्षणको नाममा टिबीआई होल्डिङ कम्पनीलाई दिएर ठाउँ ओगट्ने वातावरण बनाएको जस्तो मात्र देखिएको भन्दै समितिले आपत्ति जनाएको हो । टिबीआई होल्डिङले काठमाडौंमा बसेर आयोजनाको क्षमता २ सय मेगावाटमा झारी चिनीया लगानीकर्तासँग सम्झौता गरेको खवर चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाबाट नेपाली पत्रकारहरुले जानकारी पाउनु लज्जास्पद विषय भएको समितिका संयोजक शिव प्रसाद भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । सरोकार समितिले आयोजनामा विदेशी लगानी आउनु राम्रो विषय भएपनि डिपिआर बनाइसकेको आयोजनामा लाइसेन्स मात्र ओगट्न अपारदर्शी रुपमा क्षमता समेत घटाएर सम्झौता भएको भन्दै भत्र्सना गरेको छ ।

प्रवद्र्धक टिबिआई होल्डिङले तामाकोशी तेस्रोको क्षमता घटाएर २ सय मेगावटमा निर्माण गर्ने गरि प्रवद्र्धक टीबिआई होल्डिङले दुई चिनियाँ कम्पनीसँग संयुक्त लगानीमा निर्माण गर्ने गरि समझदारी गरेपछि दोलखाका राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सँघ तथा स्थानीयहरुले विरोध जनाएका हुन् । तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समितिले जवरजस्ती २ सय मेगावटको आयोजना निर्माण गर्ने प्रक्रिया अगाडी बढाईए आयोजनालाई अघि बढ्न नदिने चेतावनी दिएको छ ।

डिपिआर भईसकेको आयोजनामा विभिन्न बाहनामा पटक–पटक क्षमता घटाएर गोप्य रुपमा सम्झौता गर्नुको भित्रि रहस्यबारे दोलखाबासी स्पष्ट हुन चाहेको भन्दै सरोकार समितिले क्षमता घटाएर सम्झौता गर्नुको चित्तबुझ्दो जवाफ दिनका लागि सम्बन्धीत मन्त्रालय र प्रबद्र्धक कम्पनीसँग माग गरेको छ । समितिले सुरुको डिपिआर अनुसारको क्षमताकै आयोजना निर्माण गर्न माग गर्दै क्षमता घटाएर आयोजना अघि बढाउने गरी २०७४ साल असोज भन्दा पछि भएका निर्णयहरु सच्याउन पनि सरकारसँग माग गरेको छ । समितिले विज्ञप्तीमार्फत सडक र प्रसारण लाइन जस्ता पुर्वाधार तयार भएको क्षेत्रमा आयोजना बनाउन जिल्लाबासीहरु जस्तोसुकै सहयोग गर्न तयार रहेपनि जवरजस्ती २ सय मेगावटको आयोजना निर्माण गर्ने प्रक्रिया अगाडी बढाईए कुनै पनि हालतमा आयोजनालाई अघि बढ्न नदिने चेतावनी दिएको छ ।

जनप्रतिनिधि र राजनीतिक दलको पनि विरोध

तामाकोशी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाएको प्रति दोलखाका जनप्रतिनिधिहरुले पनि विरोध जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी र गाउँपालिका महासँघ ३ नम्वर प्रदेशका अध्यक्ष एवम् तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले ६ सय ५० मेगावाट क्षमताको सो आयोजनालाई २ सय मेगावाटमा झार्ने निर्णय कुन पनि हालतमा स्विकार्य नहुने बताएका छन् ।

यसअघि नेपाली कांग्रेस दोलखाले पनि विज्ञप्ती जारी गर्दै सो सम्झौताको विरोध गरेको थियो । कांग्रेस दोलखका सचिव सन्तोष रिमालद्धारा जारी विज्ञप्तीमा सो सम्झौता यथाशिघ्र खारेज गरि लगानी बोर्ड मार्फत ६ सय ५० मेगावाट नघट्ने गरि तामाकोशी तेस्रो आयोजना निर्माण हुने प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरिएको छ । कांग्रेसले विज्ञप्तीमार्फत प्राकृतिक स्रोतको आफ्नो क्षमता घटाएर कमिसन र आर्थिक चलखेलमा ६ सय ५० मेगावटको परियोजनालाई जवरजस्ती २ सय मेगावटमा निर्माण गर्न खोजिए सँघर्षमा उत्रिने चेतावनी दिएको छ ।

के भन्छ, उद्योगा वाणिज्य सँघ ?

दोलखा उद्योग वाणिज्य संघले पनि तामाकोशी तेस्रो जलबिद्युत आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा मात्र निर्माण गर्ने गरी भएको समझदारी प्रति बिरोध जनाएको छ । संघले आज बिज्ञप्ति जारी गर्दै तामाकोशी तेस्रो आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा मात्र निर्माण गर्ने गरी प्रबद्र्धक कम्पनि टिविआई होल्डिङले दुई ओटा चिनियाँ कम्पनिसँग संयुक्त लगानीमा गर्ने गरी समझदारी गरेको भन्दै बिरोध जनाएको हो । उद्योग वाणिज्य सँघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठ र महासचिव हेमराज रिमालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा दोलखा र देशकै भविष्यसँग जोडिएको ताकमाकोशी तेस्रो आयोजनाको क्षमता तीन गुणा कम हुने गरी घटाएर निर्माण गर्ने समझदारी प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ५ सय मेगावाट माथिका बिद्युत आयोजना राष्ट्रिय लगानी बोर्ड मार्फत् कार्यान्वयन गर्ने नियम हुँदाहुँदै पनि बोर्डलाई छलेर क्षमता घटाई उर्जा मन्त्रालयमार्फत् सिधै र गुपचुप समझदारी गरिनुले दोलखाको प्रकृति र दोलखाबासीमाथि धोका भएको विज्ञप्तिमा उल्लेख छ ।

टीबिआई होल्डिङले विहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि दुई चिनिया कम्पनी ‘वाईआईजी ईन्टरनेशनल र सांघाई ईन्भेस्टमेन्ट, डिजाईन एन्ड रिसर्च कर्पाेरेसन लिमिटेड’सँग संयुक्त उपक्रम विकास प्रारुप (ज्वाईन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क) मा हस्ताक्षर गरेको थियो । २ सय मेगावटमा निर्माण गर्ने गरि संयुक्त उपक्रम सम्झौता भएको आयोजनामा चिनियाँ कम्पनीले ५ सय मिलियन डलर लगानी गर्ने बताईएको छ ।

टीबीआईलाई अनुमति दिँदादेखि नै विरोध

यसअघि तामाकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि उर्जा मन्त्रालयले लगानी बोर्डलाई छलेर नियम विपरित टीबीआई होल्डिङलाई अनुमति दिएको भन्दै विरोध भएको थियो । तत्कालिन लगानी बोर्ड ऐनमा ५ सय मेगावट भन्दा माथिका आयोजनालाई बोर्डमार्फत कार्यान्वयन हुने व्यवस्था भएपनि मन्त्रालयले टीबीआईलाई विवादास्पद प्रक्रियाबाट अनुमतिपत्र दिएको हो ।

तामाकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि नर्वेली कम्पनी स्टाटक्राफ्टले सर्वेक्षण अनुमतिपत्र पाएर आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय तथा सामाजिक प्रभाव मुल्यांकन गरिसकेपनि विद्युतको बजार सुनिश्चित नभएको भन्दै २०७२ पौषमा आयोजनाबाट हात झिकेको थियो । नर्वेली कम्पनीले तामाकोशी तेस्रो जलविद्युत आयोजना ६ सय ५० मेगावट क्षमताको हुने गरि अर्धजलाशययुक्त आयोजना निर्माणका लागि विस्तृत ईन्जिनियरिङ प्रतिवेदन तयार पारेको थियो ।

बार्षिक २ अर्व ४३ करोड युनिट उत्पादन गर्न सकिने तामाकोसी तेश्रोको अनुमानित लागत १ अर्व ५० करोड अमेरिकी डलर अर्थात १ खर्व ५० अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तामोकोशी तेस्रो जलविद्युत आयोजनाको ड्यामसाईड दोलखाको नागदहमा र विद्युत गृह लगाएतका अन्य संरचना तामाकोशी गाउँपालिका अन्र्तगत मालुमा राख्ने गरि तयारी गरिएको थियो ।

१२ साउन, २०७६ । ५ः १५ बजे प्रकाशित ।

VIEWS: 1965 पटक हेरीएको
error: Content is protected !!