तामाकोशी दोहन रोकिएन, स्काभेटर प्रहरी नियन्त्रणमा

4 weeks ago/Monday, March 9th, 2020

दुर्गा बस्नेत ।

दोलखा, २६ फागुन ।

दोलखा प्रहरीले तामाकोशी नदीमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने विरुद्ध कारवाही सुरु गरेको छ ।

प्रहरीले नियम विपरित नदीको विचमा पसेर जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्नेहरु विरुद्ध कारवाही सुरु गरेको हो । जसअनुसार प्रहरीले गत विहिवार नियम विपरित नदिको विच भागमा पसेर वालुवा उत्खनन गरेको भन्दै एउटा डोजर नियन्त्रणमा लिएको छ । नदिमा वालुवा उत्खननका लागि ठेक्का लिएको ठेकेदारले नियम विपरित नदीजन्य पदार्थको उत्खनन गरेको भन्दै प्रहरीले डोजर नियन्त्रणमा लिएको हो । जिल्ला अनुगमन तथा समन्वय समितिको अगुवाईमा आफुहरुले डोजर नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिइएको डोजर हाल जिल्ला समन्वय समितिलाई जिम्मा लगाइएको छ । विधि प्रक्रिया विपरित नदिमा पसेर वालुवा उत्खनन गरेको आरोपमा जिल्ला अनुगमन समन्वय समितिको अगुवाईमा डोजर नियन्त्रणमा लिइएको जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको डोजरको विषयमा आधिकारीक विवरण लिइने र सोही अनुसार कारवाही प्रक्रिया अघि बढ्नेछ ।

दोलखा प्रहरीले तामाकोशी नदीमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने विरुद्ध कारवाही सुरु गरेको छ । नदिमा वालुवा उत्खननका लागि ठेक्का लिएको ठेकेदारले नियम विपरित नदीजन्य पदार्थको उत्खनन गरेको भन्दै प्रहरीले डोजर नियन्त्रणमा लिएको हो । तामाकोशीको पुल नजिकै वालुवा निकालिरहेको एउटा डोजर मात्रै नियन्त्रणमा लिएको र अन्यलाई छुट दिएको भन्दै विरोध पनि सुरु भएको छ ।

तामाकोशीको पुल नजिकै वालुवा निकालिरहेको एउटा डोजर मात्रै नियन्त्रणमा लिएको र अन्यलाई छुट दिएको भन्दै विरोध पनि सुरु भएको छ । एउटा डोजर नियन्त्रणमा लिए पनि तामाकोशी पुलको आसपासको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्ने अन्य डोजरलाई नियन्त्रणमा नलिइएको भन्दै विरोध भएको हो । अहिले पनि सो क्षेत्रमा तामाकोशी नदीभित्र डोजरले नदीजन्य पदार्थ उत्खनन गर्ने काम भइरहेको छ । सम्बन्धीत गाउँपालिका नगरपालिकाले वालुवा गिट्टि उत्खननका लागि ठेक्का लगाउने गरेका छन् ।

ठेक्का लगाउँदा सम्बन्धीत गाउँपालिका/नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकनको प्रतिवेदनलाई ध्यानमा राखेर नदिजन्य पदार्थ उत्खनन गर्न सम्झौता गरेका हुन्छन् । सोही अनुसार अनुगमन समितिले सम्झौता अनुसार नदिजन्य पदार्थ उत्खनन भए/नभएको विषयलाई हेर्ने गरेको छ । सोही क्रममा भीमेश्वर नगरपालिकाले ठेक्का लगाएको तामाकोशी नदिमा ठेकेदारले विधि र प्रक्रिया भन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि डोजर नियन्त्रणमा लिइएको अनुगमन समितिले जनाएको छ ।

जथाभावी नियम विपरित नदीजन्य पदार्थ उत्खनन गर्ने विरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा अनुगमन समितिको बैठक बसेर टुंगो लगाउने समन्वय समितिका प्रमुख पाण्डेले जानकारी दिनुभयो । नदीको वहावलाई नै परिवर्तन गर्ने गरी नदीजन्य पदार्थ उत्खनन गर्नेविरुद्ध के गर्ने भन्ने विषयमा अनुगमन समितिको वैठकले नै निर्णय गर्ने र त्यसपछि कारवाही प्रक्रिया अघि बढाईने समितिले जनाएको छ ।

दोलखामा भीमेश्वर नगरपालिका, तामाकोशी, वैतेश्वर र कालिञ्चोक गाउँपालिकाले ठेक्का लगाएर नदीजन्य पदार्थ उत्खनन गरीरहेका छन् । बागमती प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई नदीजन्य पदार्थको अनुगमन तथा नियमन गर्नका लागि कार्यविधि तोकेर पठाएको छ । सोही कार्यविधि अनुसार जथाभावी उत्खनन गर्नेलाई कारवाही प्रक्रिया अघि बढाईने समन्वय समितिका प्रमुख पाण्डेले बताउनुभयो । यद्यपी कार्यविधिमा जथाभावी नदीजन्य पदार्थको उत्खनन गर्नेलाई दण्ड जरिवाना गर्न सुत्रवद्ध तरिकाले नतोकिएकाले अनुगमन फितलो भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई नदीजन्य पदार्थको अनुगमन तथा नियमन गर्नका लागि कार्यविधि तोकेर पठाएको छ । तर कार्यविधिमा जथाभावी नदीजन्य पदार्थको उत्खनन गर्नेलाई दण्ड जरिवाना गर्न सुत्रवद्ध तरिकाले नतोकिएकाले अनुगमन फितलो भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

नदीजन्य पदार्थको जथाभावी उत्खनन रोक्न आफुहरुले प्रदेश सरकारलाई पनि तत्काल कानुन निर्माण गरिदिन आग्रह गरीएको समन्वय समितिले जनाएको छ । समितिका अनुसार कुन प्रकृतिको कमजोरी भएको हो सोही प्रकृतिका आधारमा कारवाहीको व्यवस्था रहेको छ । अनुगमन मात्रै गर्ने तर कारवाही नहुने भएकाले पनि अनुगमन प्रभावकारी बन्न नसकेको कुरालाई जिसस प्रमुख पाण्डेले पनि स्विकार गर्नुभयो ।

तामाकोशी नदीमा नियम मिचेर खोलाको बीचबाट डोजरले बालुवा निकाल्ने गरिएको छ । कानुनमा पुलबाट पाँच सय मिटरसम्मका खोलामा कुनै पनि नदीजन्य सामाग्री निकाल्न नपाईने व्यवस्था छ । पछिल्लो कानुनमा जिल्ला समन्वय समितिको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, डिभिजन वन र कोष तथा लेखा नियन्त्रक कार्यालयले नदीजन्य पदार्थको अनुगमन गर्ने भनिएको छ ।

तर प्रभावकारी रुपमा अनुगमन नहुँदा तामाकोशी नदीमा बेप्रवाह स्काभेटर चलिरहेका छन् । जसका कारण पुल नै जोखिममा पर्ने सम्भावना रहेको छ । जथाभावी नदी दोहन हुँदा नदीले धार नै परिवर्तन गरी तामाकोशी बजारमा वर्षातको समयमा ठुलो क्षेति हुने सम्भावना बढ्दै गएको छ ।

२६ फागुन, २०७६ । ८ः१० बजे प्रकाशित ।

VIEWS: 3830 पटक हेरीएको
error: Content is protected !!