तामाकोशी नदीको सिंगटी बजार किनारमा कसले फाल्यो सिरिञ्ज, स्लाईन र औषधिजन्य फोहोर ?

6 days ago/Friday, November 8th, 2019

ईदोलखा सँवाददाता ।
दोलखा, २२ कार्तिक ।

दोलखाको सिँगटी बजार आसपासको क्षेत्रमा अस्पताल र स्वास्थ्य सँस्थावाट निस्किएको औषधीजन्य फोहोर तामाकोशी नदीमा फालेका कारण गम्भिर वातावरणीय असर पुग्ने देखिएको छ ।

निश्चल र पवित्र मानिने तामाकोशी नदीको सिँगटी बजार किनारमा सिरिञ्ज, स्लाईन लगायतका औषधीजन्य फोहोर फालिएका कारण नदी प्रदुर्षित हुनुका साथै त्यसवाट मानिस र चलचरलाई समेत दिर्धकालिन असर पुग्ने देखिएको छ । सिँगटी खोला र तामाकोशी नदीको मिलन बिन्दुमा रहेको नदी किनारमा औषधीजन्य फोहोरहरु यत्रतत्र फालेको पाईएको छ । युएनडिपीका वातावरणविद् दिपक केसीले नदि किनारमा फालिएको औषधिजन्य फोहोरको तस्वीर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

सिँगटी बजारको दक्षिणतर्फ तामाकोशी नदी किनारमा फालिएको औषधिजन्य फोहोर सिँगटी बजार र आसपासको क्षेत्रमा रहेका अस्पताल, क्लिनिक र फार्मेसीवाट निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अस्पताल र स्वास्थ्य सँस्थावाट निस्किने फोहोरलाई बिशेष ढँगले व्यवस्थापन गर्नु पर्ने कानूनी व्यवस्था भएपनि तामाकोशी नदी किनारमा यस्ता फोहोर फालेर मानव स्वास्थ्यमा गम्भिर खेलवाड गर्न खोजेको देखिएको छ ।

तस्वीर सौजन्यः दिपक केसी

२२ कार्तिक २०७६ । ३ः०० बजे प्रकाशित

VIEWS: 6230 पटक हेरीएको
error: Content is protected !!