तामाकोसी नदिमा डुवेर मृत्यु भएका वैतेश्वरका युवकलाई १० लाख बढि विमा रकम भुक्तानी

1 week ago/Saturday, July 25th, 2020

दोलखा, १० साउन ।

तामाकोसी नदिमा डुवेर मृत्यु भएका दोलखाको वैतेश्वर गाउँपालिकाका एक युवकका परिवारलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी दिएको छ ।

जेठ ४ गते तामाकोसी नदिमा डुवेर मृत्यु भएका वैतेश्वर गाउँपालिका वडा नम्बर ७ का २१ वर्षिय श्याम खड्काको परिवारलाई कम्पनीले आज मृत्यु दावी भुक्तानी वापत १० लाख २७ हजार ५ सय रकम दिएको हो । आज आयोजित एक कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेल्स हेड पर्शुराम मरासिनी, ज्योति लाइफका ३ नम्बर प्रदेश प्रमुख सपुतचन्द्र खनाल र एरिया सेल्स म्यानेजर अम्विका तिमल्सिनाले सो रकम मृतक खड्काका बुवा गरुलध्वज खड्कालाई हस्तान्तरण गरेका हुन् । ज्योति लाईफ इन्स्योरेन्स चरिकोट उपशाखाबाट २०७६ साल असार २७ गते ५ लाख बराबरको जीवन विमा गरेका मृतक खड्काले ३४ हजार २ सय २० रुपैँया प्रथम विमा शुल्क तिरेका थिए ।

१० साउन, २०७७ । ५ः५० बजे प्रकाशित ।

VIEWS: 5385 पटक हेरीएको
error: Content is protected !!