तीन दिनमा सुचारु भयो जिरीमा ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा

1 week ago/Sunday, September 8th, 2019

सिर्जना गोले ।

जिरी (दोलखा),२२ भदौ ।

नेपाल टेलिकमको रेडियो लिंक अन्तर्गत सेरागन जलेपछि दोलखाको पर्यटकीय नगरी जिरीमा तीन दिनदेखि अवरुद्ध ल्याण्ड लाइन टेलिफोन र एडिएसएल इन्टरनेट सेवा सुचारु भएको छ ।

शुक्रबार बेलुकी करिब ६ बजे जिरी नगरपालिका ६ बुलडाँडा स्थित नेपाल टेलिकमको टावरमा रहेको रेडियो लिंक अन्तर्गत रहने उपकरण सेरागन जलेपछि अवरुद्ध ल्याण्ड लाइन टेलिफोन र एडिएसल सेवा आज देखि सुचारु भएको हो । काठमाण्डौंबाट प्राविधिक र आवश्यक उपकरण झिकाएर मर्मत गरेसँगै आज विहान करिब १० बजेबाट सेवा सुचारु भएको नेपाल टेलिकम जिरी शाखाका हर्क जिरेलले जानकारी दिनुभयो । टेलिफोन र इन्टरनेट सेवा तीनदिनदेखि अवरुद्ध भएपछि जिरी नगर क्षेत्रको जनजिवन प्रभावित भएको थियो भने जिरीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय र जिरी रेडियोको कामकाज समेत प्रभावित भएको थियो । यसअघि एक साता अघि मात्रै पनि चट्याङले बुलडाँडामा रहेको रेडियो लिंकमा क्षति पु¥याएपछि तीन दिनमा बनेको थियो । अहिले पुनःसेरागन जलेपछि जिल्लामा आवश्यक सामान समेत नहुँदा प्राविधिक र आवश्यक सामान काठमाण्डौंबाटनै ल्यानुपर्ने भएपछि सेवा तत्काल सुचारु हुन नसक्दा तीन दिन सम्म जिरीको जनजिवन प्रभावित भएको हो ।

यसरी सानो उपकरण जलेपनि काठमाण्डौंबाटै ल्याउनुपर्ने र जिल्लामा यस्ता आवश्यक सामान समेत स्टक नराखिने हुँदा पटक–पटक जिरीका सेवाग्राही सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । जिरीमा इन्टरनेट सेवा, ल्याण्डलाइन र विद्युत आपूर्ति दिनहुँजस्तो अवरुद्ध भइरहने समस्या छ ।

२२ भदौ, २०७६ । २ः०० बजे प्रकाशित ।

VIEWS: 1100 पटक हेरीएको
error: Content is protected !!