दुई करोड लागतमा शैलुङ गाउँपालिकाको बन्यो प्रिफ्याब भवन, अन्य संरचना उपभोक्ता समितिले बनाउने

2 weeks ago/Sunday, March 22nd, 2020

विपना थापामगर ।
(जिरी) दोलखा, ९ चैत्र ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको करिब तीन वर्ष पुरा हुनै लाग्दा दोलखाको शैलुङ गाउँपालिकाले आफ्नै नयाँ प्रिफ्याब भवनबाट जनतालाई सेवा दिन सुरु गरेको छ ।

गाउँपालिकाको केही समय अघि नयाँ प्रिफ्याब भवन बनेसँगै यही चैत १ गतेबाट नयाँ भवनबाट जनतालाई सेवा दिन सुरु गरेको हो । गाउँपालिकाले वडा नम्बर ३ को बाघखोर बजारमा १७ कोठाको २ वटा प्रिफ्याव भवन निर्माण गरेको छ । साढेँ २ करोड लागतमा निर्माण व्यवसायी मार्फत २ वटा प्रिफ्याव भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।यसअघि भाडाको घरबाट सेवा दिदैँ आएको शैलुङ गाउँपालिकाले चैत १ गतेबाट भने आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिरहेको छ । शैलुङ गाउँपालिकाले यसअघि वडा नम्बर ३ फोक्टेमा १४ कोठा भाडामा लिई मासिक करिब २८ हजार भाडा तिरेर दैनिक प्रशासनिक कार्य तथा जनतालाई अन्य सेवा दिदैँ आएको थियो ।

यसैबीच गाउँपालिकाले गाउँपालिकामा क्यान्टिन, ग्यारेज, पालेघर र न्यायिक समितिको कार्यालय निर्माण गर्ने भएको छ । गाउँपालिकाले क्यान्टिन, पालेघर र न्यायिक समितिको कार्यालय निर्माणका लागि २०÷२० लाख र ग्यारेज निर्माणका लागि १० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले समिति गठन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

नवनिर्मित शैलुङ गाउँपालिकाको थपःतस्बीरहरु

९ चैत्र, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 2240 पटक हेरीएको
error: Content is protected !!