दोलखाका करिव १९ सय बढी मानिसमा कोरोना पुष्टि हुँदा जिल्लाका पाँच वडा संक्रमण मुक्त

3 months ago/Tuesday, June 15th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), १ असार ।

दोलखामा कोरोनाको दोस्रो लहर माहामारीको रुपमा फैलिएको दुई महिना सम्मपनि जिल्लाका ५ वटा वडामा कोरोना संक्रमण शुन्य रहेको छ ।
जिल्लाको ९ स्थानीय तहमा ७४ वटा वडा रहेकोमा ६९ वटा वडाका करिब २ हजार मानिसहरुलाई कोरोना देखिँदा ५ वडालाई भने कोरोनाले छुन नसकेको हो । हालसम्म गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ र ४ झ्याँकु, जिरी नगरपालिकाको वडा नम्बर ९ ठूलोपातल, बैतेश्वर गाउँपालिकाकोे वडा नम्बर १ गौरीमुदी र कालिञ्चोकको वडा नम्बर ४ लामीडाँडा कोरोना मुक्त वडाको रुपमा छन् । जसमा गौरीशंकर गाउँपालिकामा २ वटा वडामा कोरोना संक्रमण नभएको पाइएको छ । केही समय अघि मात्रै वडा नम्बर १ र २ जुँगु र वडा नम्बर ८ खारेमा माहामारीको रुपमा कोरोना फैलिएको गौरीशंकर गाउँपालिकामा वडा नम्बर ३ र ४ मा भने हालसम्म कोही पनि मानिसमा कोरोना नदेखिएको हो । कोरोनाको दोस्रो माहामारी फैलिएको दुई महिनाको अवधिसम्म पनि गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ र ४ झ्याँकुमा जिल्लामा परिक्षण गर्दा कोही पनि व्यक्तिमा कोरोना पुष्टि नभएको पालिकाका स्वास्थ्य संयोजक बसन्तराज रेग्मीले जानकारी दिनुभयो ।

काठमाण्डौंमा निषेधाज्ञा भएपछि सो समयमा काठमाण्डौंबाट मानिसहरु आए पनि बाहिरबाट आएका मानिसहरुलाई बेलैमा क्वारेन्टाइनमा व्यवस्थापन गरेको वडाले जनाएको छ । वडा नम्बर ३ का वडाध्यक्ष नेत्र बहादुर बस्नेतले आफ्नो वडामा पनि दोस्रो लहरको माहामारीको सुरुवाती चरणमा मानिसहरु जिल्ला बाहिरबाट आएपनि उनीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरी वडाका ९ जनामा परिक्षण गर्दा पनि सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

हालसम्म गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ र ४ झ्याँकु, जिरी नगरपालिकाको वडा नम्बर ९ ठूलोपातल, बैतेश्वर गाउँपालिकाकोे वडा नम्बर १ गौरीमुदी र कालिञ्चोकको वडा नम्बर ४ लामीडाँडा कोरोना मुक्त वडाको रुपमा छन् । जसमा गौरीशंकर गाउँपालिकामा २ वटा वडामा कोरोना संक्रमण नभएको पाइएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नेत्र बहादुर बस्नेतले आफ्नो वडामा पनि दोस्रो लहरको माहामारीको सुरुवाती चरणमा मानिसहरु जिल्ला बाहिरबाट आएपनि उनीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरी वडाका ९ जनामा परिक्षण गर्दा पनि सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

पहिलो लहरको कोरोनाले तहसनहस गरी कोरोनाबाट बच्नको लागि संयमता अपनाउनुपर्छ भनी पाठ सिकेको गौरीशंकरमा लामो समयसम्म दोस्रो लहरमा कोरोना फैलिएको थिएन । सबै स्थानीय तहमा कोरोना देखिएपछि मात्रै कोरोना देखिएको गौरीशंकरमा केही समय अघि निषेधाज्ञाकै बीच सामाजिक र धार्मिक पूजा लगायका कार्यक्रमहरु भिडभाड गरी गरेकाले केही वडामा भने ह्वातै संक्रमित बढेको बुझिएको छ । संक्रमितहरु ह्वातै बढेपछि वडा नम्बर १ र २ जुँगु र वडा नम्बर ८ खारेलाई शिल गरिएको थियो । यसैगरी, दोस्रो लहरको कोरोना माहामारीको सुरुवाती चरणमै धमाधम संक्रमित भेटिएको कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ४ पनि कोरोनामुक्त वडाको रुपमा रहेको छ । सो वडामा कोही पनि संक्रमित नरहेको पालिकाका स्वास्थ्य संयोजक शुशिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाको पनि एक/एक वडा कोरोना रहित वडाको रुपमा रहेको छ । जिरी नगरपालिकाको वडा नम्बर ९ ठूलोपातलमा हालसम्म कोही पनि संक्रमित नभेटिएको जिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताउनुभयो । बैतेश्वरमा पनि वडा नम्बर १ गैरीमुदीमा कोही पनि संक्रमित भएका छैनन् । केही साता अघिसम्म वडा नम्बर १ र २ कोरोना मुक्त वडाको रुपमा रहेकोमा वडा नम्बर २ को पुतलीकाठमा केही मानिसमा कोरोना पुष्टि भएपनि वडा नम्वर १ मा हालसम्म संक्रमित नदेखिएको बैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुलाल लामाले बताउनुभयो ।

दोलखामा हालसम्म १९ सय ६ जनामा कोरोना पुष्टि भइसकेको छ भने आधा भन्दा बढी संक्रमित अर्थात १ हजार २ सय २३ जना निको भएका छन् । यो अवधिमै जिल्लामै ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने उपचारका लागि जिल्लाबार काठमाण्डौं लगायतका जिल्लामा रिफर गरिएका धेरैले ज्यान गुमाएका छन् । तर, पनि जिल्लाका ५ वटा वडाका मानिसहरु कोरोना महामारीवाट अहिलेसम्म सुरक्षित देखिएका छन् ।

१ असार, २०७८ । ९ः२० बजे प्रकाशित । 

VIEWS: 3655 पटक हेरीएको
error: Content is protected !!