दोलखाका क्वारेन्टाइनमा सुरक्षा चुनौतीः सुरक्षाकर्मी गस्तिमा, क्वारेन्टाइनमा स्वयँसेवक

2 months ago/Friday, June 12th, 2020

सिर्जना गोले ।

जिरी (दोलखा), ३० वैशाख ।

दोलखामा छिमेकी मुलुक भारत लगायत तेश्रो मुलुकबाट जिल्ला आएका मानिसहरुलाई क्वारेनटाइनमा राखिएपनि सुरक्षामा चुनौती देखिएको छ ।

जिल्लाको ९ स्थानीय तहको ४ सय १२ वटा क्वारेन्टाइनमा भारत लगायतका विभिन्न स्थानबाट आएका नागरिकहरुलाई राखिएपनि क्वारेन्टाइनको सुरक्षामा भने चुनौती देखिएको हो । क्वारेन्टाइनमा नेपाल प्रहरी र सेनाले सुरक्षा दिनुपर्ने भएपनि जिल्लाको कुनै पनि स्थानमा सुरक्षाकर्मीले नियमित सुरक्षा दिएका छैनन् । यद्धपी सेना र प्रहरीबाट पेट्रोलिङ र अनुगमनको काम भने भइरहेको छ । सेना र नेपाल प्रहरीबाट सुरक्षाको व्यवस्था नभएपछि जिल्लाका अधिकांश स्थानीय तहहरुले क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षाका लागि स्वयमसेवक भर्ती गरी परिचालन गरेका छन् । जिल्लामा सबैभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा बसेको कालिञ्चोक गाउँपालिकाले समेत क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षाका लागि स्वयमसेवक परिचालन गरेको छ । पालिकाभित्र रहेका ९ वटा क्वारेन्टाइनमा बसेकाहरुको सुरक्षाका लागि एउटा क्वारेन्टाइनमा ४ जनाको दरले स्वयम सेवक खटाईएको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको अन्य स्थानीय तहहरुले पनि आवश्यकताका आधारमा स्वयमसेवक परिचालन गरी क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा दिईरहेको छ । सबै स्थानमा सुरक्षा दिनुपर्ने सेना र सशस्त्र प्रहरीले पेट्रोलिङ र अनुगमन बाहेक क्वारेन्टाइनमै रहेर सुरक्षा नदिने भएपछि सुरक्षामा चुनौती भने थपिएकोे छ ।

स्थानीय तहहरुले आवश्यकताका आधारमा स्वयमसेवक परिचालन गरी क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा दिईरहेको छ । सबै स्थानमा सुरक्षा दिनुपर्ने सेना र सशस्त्र प्रहरीले पेट्रोलिङ र अनुगमन बाहेक क्वारेन्टाइनमै रहेर सुरक्षा नदिने भएपछि सुरक्षामा चुनौती भने थपिएकोे छ । सुरक्षाकर्मी नियमित नखटिदा क्वारेन्टाईनमा व्यक्ति–व्यक्ति वीचको दुरी कायम गर्न नसक्दा एउटा सँक्रमति भए अन्य व्यक्तिमा पनि संक्रमण हुने जोखिम बढेको छ ।

सुरक्षाकर्मी नियमित नखटिदा क्वारेन्टाईनमा व्यक्ति–व्यक्ति वीचको दुरी कायम गर्न नसक्दा एउटा सँक्रमति भए अन्य व्यक्तिमा पनि संक्रमण हुने जोखिम बढेको छ । यस्तै, क्वारेन्टाईनमा मदिरा सेवन गरी आएका व्यक्तिहरुले होहल्ला गर्ने, अनावस्यक भिडभाड हुने, कतिपयलाई क्वारेन्टाईनमा राख्ने बिषयमा सहमत गराउन कठिन हुने लगायतका समस्या देखिएका छन् । केहि दिनअघि रामेछापको गोकुलगँगा गाउँपालिकामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाईन बाटै भागेका थिए । यस्तो समस्या दोलखाका क्वारेन्टाईनमा पनि आउन सक्ने सम्भावना रहेको स्थानीय सरकारका जनप्रतिनिधिले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहका निश्चित स्थानमा मात्रै क्वारेन्टाईन भए सुरक्षाकर्मीको व्यवस्थापन गर्न सकिने भएपनि वडातहका बिभिन्न स्थानमा क्वारेन्टाईन हुँदा सुरक्षाकर्मी खटाउन समस्या भएको बताएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले वडातहसम्मका क्वारेन्टाईनमा सुरक्षाकर्मी खटाउँदा जनशक्ति र खर्च अभाव हुने भएका कारण खटाउन नसकिएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहका निश्चित स्थानमा मात्रै क्वारेन्टाईन भए सुरक्षाकर्मीको व्यवस्थापन गर्न सकिने भएपनि वडातहका बिभिन्न स्थानमा क्वारेन्टाईन हुँदा सुरक्षाकर्मी खटाउन समस्या भएको बताएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले वडातहसम्मका क्वारेन्टाईनमा सुरक्षाकर्मी खटाउँदा जनशक्ति र खर्च अभाव हुने भएका कारण खटाउन नसकिएको बताउनुभयो । क्वारेन्टाईनमा खटिने सुरक्षाकर्मी जिल्ला फर्किएपछि उनीहरुलाई पनि क्वारेन्टाईनमा राख्नु पर्ने भएकाले क्वारेन्टाईनमै सुरक्षाकर्मी नखटाईकन भित्री घेरा र बाहिरी घेरा गरी सुरक्षाको व्यवस्था मिलाईएको प्रजिअ शर्माले बताउनुभयो ।  स्थानीय तहहरुले क्वारेन्टाइन सुरक्षामा भूपु प्रहरी, भूपु सेना, म्यादी प्रहरी, राष्ट्रिय सेवा दल र स्काउटहरुलाई खटाएका छन् । हालसम्म जिल्लाको विभिन्न स्थानीय तहहरुको क्वारेन्टाइनमा ७ सय ६२ जना बसेका छन् भने ती मध्ये १४ दिन पुरा गरी आरडीटी परिक्षण नेगेटिभ आएपछि २ सय ८८ जना घर फर्केका छन् ।

हाल जिल्लामा ४ सय ७४ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा १ हजार १ सय ५ जनाको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएपनि पिसिआर विधिबाट परिक्षण गर्दा नेगेटिभ आएको थियो ।

यसैगरी जिल्लाबाट अहिलेसम्म १ सय ४ जनाको पिसिआर विधिबाट कोरोना परिक्षणको लागि स्वाव संकलन गरी पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार १६ जनालाई क्वारेन्टाइनमा राख्न सक्ने क्षमता रहेको छ ।

३० वैशाख, २०७७ । ८ः२५ बजे प्रकाशित । 

VIEWS: 2480 पटक हेरीएको
error: Content is protected !!