दोलखाका गोपालध्वज र रामेछापका प्रेमकुमारलाई राष्ट्रिय शिक्षा पुरस्कार

2 months ago/Monday, September 9th, 2019

सिर्जना गोले ।

दोलखा, २३ भदौ ।

राष्ट्रिय शिक्षा दिवशको अवसरमा दोलखा सहित ७७ वटै जिल्लाका एक/एक जना शिक्षक राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

४० औं राष्ट्रिय शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर माविका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठ सहित ७७ वटै जिल्लाका एक/एक जना शिक्षक पुरस्कृत हुने भएका हुन् । जसअनुसार रामेछापबाट खाडादेवी गाउँपालिकास्थित ज्योती मावि जाल्पाका शिक्षक प्रेम कुमार श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित मणि कण्ठेश्वरी माविका अर्जुन बहादुर खड्का र सिन्धुलीको कमलामाई नगरपालिकास्थित कमला माविका शिक्षक हरिप्रसाद पोखरेल पुरस्कृत हुने भएका छन् । यसैगरी काभ्रेपलाञ्चोकबाट बनेपा नगरपालिकास्थित स्वेतवराह माविका शिक्षक जिवन भण्डारी, सोलुखुम्बुबाट नेचा सल्याण गाउँपालिकास्थित विपी संस्कृत माविका शिक्षक गुणराज निरौला र ओखलढुंगाबाट रामपुर गाउँपालिकास्थित बरुणेश्वर माविका शिक्षक कुलप्रसाद खतिवडा पनि राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

दिवशको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै जिल्लाका एक/एक जना शिक्षकलाई शिक्षा दिवश पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्धारा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२३ भदौ, २०७६ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 6450 पटक हेरीएको
error: Content is protected !!