दोलखाका ग्रामीण क्षेत्रमा दुई दिनपछि बल्ल बत्ति बल्यो

2 weeks ago/Thursday, September 3rd, 2020

दोलखा, १८ भदौ ।

दोलखाको विभिन्न स्थानमा अवरुद्ध विद्युत सुचारु भएको छ ।

जिल्लाको शैलुङ, मेलुङ, तामाकोशी, वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका विभिन्न स्थानमा दुई दिनदेखि अवरुद्ध विद्यतु आजबाट सुचारु भएको हो । जिरी नगरपालिकास्थित कलङको जङगलमा ‘लाइटिङ एरेस्टर’ पड्किएर दुई दिनदेखि अवरुद्ध भएको विद्युत मर्मत गरेसँगै सुचारु भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख दिपिन ढकालले जानकारी दिनुभयो । जिल्लाका पाँच स्थानीय तहका विभिन्न क्षेत्रमा मंगलबारदेखि ठप्प भएको विद्युत सेवा हाल प्राविधिक टोलीले मर्मत गरेपछि सबै स्थानहरुमा सुचारु भएको हो । मेलुङ र शैलुङ गाउँपालिकामा भने चरिकोटबाट लाइन जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि ती स्थानीय तहका प्रायः सबै क्षेत्रमा दुई दिनसम्म विद्युत आपूर्ति बन्द भएर अन्धकार हुँदा जनजिवन प्रभावित बनेको थियो । विद्युत आपुर्ति बन्द भएको तीन दिन वित्नै लाग्दा पनि विद्युत सुचारु नभएको भन्दै सेवाग्राहीको व्यापक गुनासो आएपछि विद्युत प्राधिरकणले मर्मतमा चासो देखाएको हो । हाल अवरुद्ध विद्युत सुचारु भएपनि अझै समस्या भने आउन सक्ने प्राधिकरणको भनाई छ ।

१८ भदौ, २०७७ । ३ः ३० बजे प्रकाशित ।

VIEWS: 780 पटक हेरीएको
error: Content is protected !!