दोलखाका ‘टप टेन’ सहकारीको एक वर्षको मुनाफा १६ करोड ६९ लाख

1 week ago/Thursday, November 7th, 2019

लक्ष्मी बस्नेत ।

दोलखा, २१ कात्तिक ।

दोलखाका १० ठुला सहकारीहरुले एक आर्थिक वर्षमा साँढे १६ करोड भन्दा बढि मुनाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्ष आर्जन गरेको मुनाफाको विवरण अनुसार एक आर्थिक वर्षमै १० वटा सहकारीले १६ करोड ६९ लाख भन्दा बढि मुनाफा आर्जन गरेकोे देखिएको हो । जसअनुसार सबैभन्दा बढि जिल्लाकै ठुलो मानिएको मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ५ करोड ४० लाख ५६ हजार १ सय ७९ रुपैयाँ मुनाफा आर्जन गरेको छ । जनसचेतनको असोज मसान्तसम्मको आर्थिक कारोबार १ अर्व ४४ करोड ६६ लाख ९ हजार ५ सय ४८ रुपैयाँ र शेयर पूँजी १२ करोड ९६ लाख १६ हजार ६ सय रुपैयाँ रहेको छ ।

यसैगरी मैनापोखरीकै जनमुखी साकोसले २ करोड ६२ लाख ३१ हजार २ सय ९७ रुपैयाँ मुनाफा आर्जन गरी मुनाफाको दृष्टिले दोश्रो स्थानमा पुगेको छ । आर्थिक कारोबारको दृष्टिले जिल्लाको तेस्रो ठुलो मानिएको जनमुखी साकोसको हालको कुल पूँजी ७८ करोड १० लाख ४८ हजार ६ सय ३५ र शेयर पूँजी ७ करोड २८ लाख ६० हजार ९ सय रुपैयाँ रहेको सहकारीका लेखा विभाग प्रमुख नहकुल घिमिरेले जानकारी दिनुभयो ।

मिलिजुली र एकिकृत फ्रेण्डसिप साकोसको मुनाफा

कारोबारको हिसावले जिल्लाकै दोस्रो ठुलो मानिएको मिलिजुली साकोसले गत आर्थिक वर्ष १ करोड ५० लाख ३९ हजार १ सय ३२ रुपैयाँ मुनाफा आर्जन गरेको छ । मिलिजुलीको हालको कुल कारोबार १ अर्व ८ करोड १७ लाख ५४ हजार २५ रुपैयाँ र शेयर पूँजी ८ करोड ६४ लाख ९ हजार १ सय रुपैयाँ रहेको सहकारीका ऋण अधिकृत चिरञ्जीवि सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको पर्यटकीय नगरी जिरीस्थित एकिकृत फ्रेण्डसिप साकोसले एक आर्थिक वर्षको अवधिमा १ करोड ९१ लाख ७३ हजार ५ सय ९१ रुपैयाँ मुनाफा आर्जन गरेको सहकारीका व्यवस्थापक रामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत फ्रेण्डसिपले असोज मसान्तसम्म आईपुग्दा ७६ करोड ९३ लाख ६६ हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार गरेको छ भने शेयर पूँजी ७ करोड ६० लाख ९९ हजार ७ सय रुपैयाँ रहेको छ ।

जिल्लाकै ठुलो मानिएको मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा बढि ५ करोड ४० लाख ५६ हजार १ सय ७९ रुपैयाँ मुनाफा आर्जन गरेको छ । यसैगरी मैनापोखरीकै जनमुखी साकोसले २ करोड ६२ लाख ३१ हजार २ सय ९७ रुपैयाँ मुनाफा आर्जन गरी मुनाफाको दृष्टिले दोश्रो स्थानमा पुगेको छ । कारोबारको हिसावले जिल्लाकै दोस्रो ठुलो मानिएको मिलिजुली साकोसले गत आर्थिक वर्ष १ करोड ५० लाख ३९ हजार १ सय ३२ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

हाम्रो जनकल्याण र भीमेश्वर बहुउद्देश्यीय सहकारीको मुनाफा

दोलखा जिल्लाको अर्काे ठुलो सहकारीको रुपमा चिनिने हाम्रो जनकल्याण साकोस चरिकोटले गत आर्थिक वर्ष १ करोड ८४ लाख ९५ हजार ९ सय २९ रुपैयाँ मुनाफा आर्जन गरेको छ । ५ करोड १८ लाख ४७ हजार २ सय शेयर पूँजी रहेको सो सहकारीको कुल पूँजी ५४ करोड २८ लाख २८ हजार ३ सय १० रुपैयाँ रहेको छ । यस्तै, तामाकोशी गाउँपालिका वडा नम्वर १ भीरकोटस्थित भीमेश्वर बहुउद्देश्यीय सहकारीले एक आर्थिक वर्षमा ८७ लाख ७१ हजार २ सय ९५ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

असोज मसान्तसम्मको अवधिमा सहकारीको कुल पूँजी ३३ करोड ९९ लाख ४० हजार २ सय ८५ र शेयर पूँजी २ करोड ४ लाख ३ हजार ९ सय रहेको सहकारीका व्यवस्थापक मेघराज घिमिरेले जानकारी दिनुभयो । जिल्लाका ठुला १० सहकारीभित्र पर्ने जनउपकार साकोस जुँगुले गत आर्थिक वर्ष ५० लाख ८६ हजार ४ सय ४६ रुपैयाँ मुनाफा आर्जन गरेको छ भने सदरमुकाम चरिकोटस्थित जनहित बहुउद्देश्यीय सहकारीले एक आर्थिक वर्षमा ८४ लाख ८ हजार २ सय ६६ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

शिक्षक कल्याण साकोस र अर्थभूमी साकोसको मुनाफा

सदरकुमकाम चरिकोटमै रहेको शिक्षक कल्याण साकोसले गत वर्ष ८३ लाख १३ हजार ८ सय २ रुपैयाँ र चरिकोटकै अर्थभूमी साकोसले एक आर्थिक वर्षमा ३३ लाख २८ हजार ५ सय ८ रुपैयाँ मुनाफा आर्जन गरेको छ । कारोवार र सदस्य सँख्याको दृष्टिले छानिएका जिल्लाका १० ठुला सहकारी मध्य अधिकांश सदरमुकाम र जिल्लाका मुख्य बजार क्षेत्रका सहकारी रहेका छन् ।

२१ कात्तिक, २०७६ । १०ः२० बजे प्रकाशित ।

VIEWS: 9850 पटक हेरीएको
error: Content is protected !!