दोलखाका तीन स्थानीय सरकार प्रमुख प्रशासकिय अधिकृत विहिन,५६ वडापालिकामा सचिव छैनन्

2 weeks ago/Sunday, December 1st, 2019

दुर्गा बस्नेत ।

दोलखा, १५ मंसिर ।

दोलखाका अधिकांश स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै विकास निर्माणको काम प्रभावित भएको छ ।

जिल्लाको तीन गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत र अधिकांश वडा सचिवविहिन हुँदा समस्या भएको हो । दोलखाको शैलुङ, मेलुङ र विगु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेकोे छ भने जिल्लाका ७४ वटा वडामा जम्मा १८ जना मात्रै वडा सचिव रहेका छन् । ५६ वटा वडा सचिवको पद रिक्त हुँदा दैनिक प्रशासनिक काम र विकास निर्माणका काम प्रभावित हुन पुगेको हो । दोलखाका ९ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिकामा मात्रै कर्मचारीको पदपुर्ति भएको देखिएको छ । अन्य अधिकांश गाउँपालिकामा कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण मेलुङ गाउँपालिकामा करिव एक महिनादेखि आर्थिक कारोवार ठप्प छ भने शैलुङमा १५ दिन र बिगु गाउँपालिकामा १० दिनदेखि आर्थिक कारोवार ठप्प छ ।

प्रमुख प्रशासकिय अधिकृत नहुँदा प्रशासनिक कामका साथै सम्पन्न भएका योजनाको भुक्तानी समेत हुन सकेको छैन । विगु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर कालिञ्चोक गाउँपालिकामा आएका छन् भने शैलुङ गाउँपालिकामा गत भदौ २३ गते प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद सुवेदी गाउँपालिकाको कार्यालयमा हाजिर भएपनि उनले जम्मा १७ दिन मात्रै कार्यालयमा काम गरी सरुवा भएर गएका छन् । सुवेदी यही मंसिर १० गते सरुवा भएर गएका हुन् । यस्तै, मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर गएको करिव एक महिना बितेपनि अहिलेसम्म नयाँ प्रमुख प्रशासकिय अधिकृत आएका छैनन् ।

दोलखाको शैलुङ, मेलुङ र विगु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेकोे छ भने जिल्लाका ७४ वटा वडामा जम्मा १८ जना मात्रै वडा सचिव रहेका छन् । जिल्लाका ५६ वटा वडा सचिव विहिन हुँदा जन्म, मृत्यु, विवाह दर्ता, नाता प्रमाणित, शिफारिस लगायत पञ्जीकरणको काममा समस्या हुने गरेको छ । गौरीशंकर गाउँपालिकामा वडासचिव नभएपछि कार्यालय सहयोगीलाई पनि वडासचिवले गर्नुपर्ने कामको जिम्मेवारी दिईएको छ ।

जिल्लाका ५६ वटा वडा सचिव विहिन हुँदा जन्म, मृत्यु, विवाह दर्ता, नाता प्रमाणित, शिफारिस लगायत पञ्जीकरणको काममा समस्या हुने गरेको छ । दोलखाको विगु गाउँपालिकाका कुनैपनि वडामा वडा सचिव छैनन् भने स्वास्थ्य वाहेक अन्य सवै काम १५ दिनदेखि ठप्प भएको छ । अधिकाँश कर्मचारी सरुवा भएर गएको र एकजना कर्मचारी पनि नआएपछि सेवा प्रवाहमा निकै कठिनाई भएको विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले बताउनुभयो ।

शैलुङ गाउँपालिकामा एक जना वडासचिवले ८ वटा वडा हेर्नुपर्ने बाध्यता भएको छ भने स्वास्थ्य सेवा समेत ठप्प छ । प्रमुख प्रशासकिय अधिकृत नभएको, ८ वटा वडा एक जना सचिवले हेर्नुपरेको र स्वास्थ्य क्षेत्रका अधिकाँश कर्मचारी पनि सरुवा भएपछि अहिले सेवा प्रवाहमा निकै कठिनाई भएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । गाउँपालिकामा हाल करारका कर्मचारीले मात्रै काम गरीरहेको उहाँले बताउनुभयो । मेलुङ गाउँपालिकामा पनि एक जना मात्रै वडा सचिव रहेका छन् । एकजना वडा सचिवले काम गर्न नभ्याउने भएपछि हाल गाउँपालिकाले पन्जिकरण लगायतका कामका लागि स्वास्थ्य संस्थाका अहेव र हेल्थ असिस्टेन्टहरुलाई खटाएको गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठले बताउनुभयो ।

वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकामा पनि दरवन्दी अनुसार वडासचिव छैनन । वैतेश्वरमा हाल दरवन्दी अनुसार एकजना मात्रै वडासचिव रहेका छन् भने तामाकोशीमा पनि एक जना मात्रै दरवन्दी अनुसारका वडासचिव छन् । उता गौरीशंकर गाउँपालिकामा वडासचिव नभएपछि कार्यालय सहयोगीलाई पनि वडासचिवले गर्नुपर्ने कामको जिम्मेवारी दिईएको छ । यस्तै जिरी नगरपालिकामा ४ जना र कालिञ्चोक गाउँपालिकामा ७ जना वडा सचिवको दरवन्दि रिक्त रहेको छ ।

१५ मंसिर, २०७६ । १०ः०० बजे प्रकाशित ।

VIEWS: 2790 पटक हेरीएको
error: Content is protected !!