दोलखाका थप आठ वटा माध्यामिक बिद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने

4 weeks ago/Wednesday, August 21st, 2019

सिर्जना गोले ।

दोलखा, ४ भदौ ।

प्रदेश नम्बर ३ सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष १३ वटै जिल्लाका लागि १ सय १ जना नर्स राखिने भएकोे छ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले गत वर्षदेखि सञ्चालनमा ल्याएको एक नर्स एक विद्यालय कार्यक्रममा यो वर्ष १ सय १ जना नर्स राखिने भएको हो । जसअनुसार दोलखाको ९ वटै स्थानीय तह जिरी नगरपालिका, र भिमेश्वर नगरपालिका तथा कालिञ्चोक, गौरीशंकर, तामाकोशी, मेलुङ, विगु र शैलुङ गाउँपालिकामा चालु बर्षवाट कार्यक्रम सञ्चालन हुनेछ । दोलखाको बैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर माविमा भने गत वर्षनै नर्स राखिएको छ । दोलखाका ८ वटा स्थानीय तहका एक/एक वटा बिद्यालयमा नर्स राखिने भएपनि बिद्यालयको नाम भने टुँगिन बाँकी रहेको छ । यसैगरी रामेछापको रामेछाप नगरपालिका तथा उमाकुण्ड, खाँडादेवी, गोकुलगंगा, दोरम्बा, लिखु तामाकोशी र सुनापति गाउँपालिकामा पनि एक नर्स एक कार्यक्रम अन्तर्गत नर्स राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई स्वास्थय र सरसफाई सम्वन्धि जानकारी दिने तथा बिद्यालयमा बिरामी भएका बिद्यार्थीलाई बिद्यालय हाताभित्रै प्राथमिक उपचार सेवा दिनका लागि स्टाफ नर्स राखेर सेवा दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम ल्याएको हो ।प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले मुलुकमै पहिलो पटक एक बिद्यालय एक नर्सको अवधारणा ल्याएर सुरु गरेको यो कार्यक्रम बिद्यालयमा निकै लोकप्रिय हुँदै गएको छ ।

मन्त्रालयका अनुसार सिन्धुलीका ७ स्थानीय तह, सिन्धुपाल्चोकका १०, काभ्रेपलाञ्चोकका १२, ललितपुरका ५, भक्तपुरका ३ स्थानीय तह र काठमाण्डौंको ९ स्थानीय तहका विद्यालयमा पनि स्टाफ नर्स राखिनेछ । यस्तै, नुवाकोटका १०, रसुवाका ४, धादिङका ११, मकवानपुरका ८ र चितवनका ६ स्थानीय तहको विद्यालयमा नर्स राखिनेछ । चालु बर्ष कार्यक्रम लागू हुने बिद्यालयमा काम गर्न चाहने इच्छुक नर्सहरुले भदौ १८ गतेसम्म आवेदन दिने सक्ने छन् ।

माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई स्वास्थय र सरसफाई सम्वन्धि जानकारी दिने तथा बिद्यालयमा बिरामी भएका बिद्यार्थीलाई बिद्यालय हाताभित्रै प्राथमिक उपचार सेवा दिनका लागि स्टाफ नर्स राखेर सेवा दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम ल्याएको हो । मन्त्रालयले प्रदेश अन्तर्गतका सवै सरकारी माविहरुमा स्टाफ नर्स राख्ने योजना बनाएको र कार्यक्रमको प्रभावकारीतालाई हेरेर विद्यालय थप्दै गएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयले गत आर्थिक बर्ष कार्यक्रम सञ्चालन गर्नका लागि एक करोड बजेट विनियोजन गरेको थियो । एक बिद्यालय एक नर्स कार्यक्रम मन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा सुरु गरेको हो ।

आवरण तस्वीरः हनुमन्तेस्वर मावि काब्रेमा छात्राको उपचार गर्दैै नर्स ।

४ भदौ, २०७६ । ९ः३० बजे प्रकाशित

VIEWS: 4685 पटक हेरीएको
error: Content is protected !!