दोलखाका थप एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु

2 weeks ago/Monday, September 7th, 2020

जिरी (दोलखा), २२ भदौ ।

दोलखाका थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

जिल्लाको ६९ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण आज मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस व्रिफिङमा सो जानकारी दिनुभएको हो । जिल्ला बाहिर उनको मृत्यु भएकोले ती वृद्ध जिल्लाको कुन ठाउँको हो र कहाँ मृत्यु भएको हो भन्ने कुराको सबै विवरण जिल्ला आइसकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले पनि वृद्धको मृत्युबारे जिल्लामा कुनै जानकारी नआएको बताएको छ । यद्धपी सो विषयमा आफुहरुले स्वास्थ्य मन्त्रालयमा विवरण माग गरिरहेको र विवरण आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।

यो सँगै अहिलेसम्म दोलखाका ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा दुई जना वृद्ध र एक जना महिला रहेका छन् ।

२२ भदौ, २०७७ । ६ः१० बजे प्रकाशित ।

VIEWS: 7135 पटक हेरीएको
error: Content is protected !!