दोलखाका दुई जना वेपत्ता,खोलाले बगाएको आशंका

3 days ago/Saturday, August 1st, 2020

दोलखा, १७ साउन ।

दोलखाको छुट्टा छुट्टै स्थानमा २ पुरुष वेपत्ता भएका छन् ।

जिल्लाको मेलुङ गाउँपालिका र विगु गाउँपालिकाका १/१ जना पुरुष वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा विगु गाउँपालिका २ वराङका ५७ वर्षीय भुस भनिने काले तामाङ र मेलुङ गाउँपालिका वडा नम्बर १ का ६१ वर्षीय निल प्रसाद आचार्य रहेको दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिनुभयो । दुई जनामध्ये विगु गाउँपालिकाका काले तामाङ यहि साउन १३ गतेदेखि वेपत्ता भएका हुन् । विगुकै ताइवास्थित आफन्तको जान भनि हिँडेका उनलाई फेलेलेको ठाडो खोलाले बगाएको आशंकामा खोजी कार्य भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

यस्तै मेलुङ गाउँपालिकाका आचार्य भने १५ गतेबाट वेपत्ता भएका हुन् । घरमा परिवारलाई कुनै जानकारी नगराइ घरबाट हिँडेका ती वृद्ध घर नफर्किएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको विषयमा जानकारी आएलगत्तै खोजी कार्यमा खटिएको प्रहरी टोलीले घरदेखि ५ किलो मिटर पश्चिमतर्फ रहेको भ्याकुरे खोला किनारमा ती वृद्धको कपडा फेला पारेको छ । उनले सोही खोलामा हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ । हाल वेपत्ता दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

१७ साउन, २०७७ । ७ः ४० बजे प्रकाशित ।

VIEWS: 10970 पटक हेरीएको
error: Content is protected !!