दोलखाका दुई लोक गायक म्युजिक अवार्डका लागि ‘टप फाइभ’ मा पर्न सफल

4 months ago/Tuesday, January 29th, 2019

दोलखा, १५ माघ ।

दोलखाका दुई जना लोक तथा दोहोरी गायक नेश्नल पावर म्युजिक अवार्ड २०१९ को ‘टप फाइभ’ मा पर्न सफल भएका छन् ।

दोलखाका लोक गायकहरु केशर लामा र अमृत खाती म्युजिक अवार्डका लागि टप फाइभमा पर्न सफल भएका हुन् । गायक लामा ‘अन्तिम चोटी’ बोलको गीतबाट नेश्नल पावर म्युजिक अवार्ड र गायक खाती ‘चोयाको डोको’ बोलको लोक गीतवाट २०१९ को टप फाइभमा पर्न सफल भएका हुन् । लामा र खाती दुवैलाई सँगितकार बिधामा नोमिनेसन गरिएको हो । उनीहरु दुवैले हिजो टप फाइभको नोमिनेसन पाएका छन् । दोलखाका दुुई सहित ५ जना गायकगायीका टप फाइभमा परेका छन् । पछिल्लो समय चर्चामा रहेका गायक लामा र खातीले हालसम्म दर्जनौ लोक तथा दोहोरी गीतमा शब्द, संगीत र स्वर दिएका छन् । टप ५ मा पर्न सफल लामा र खाती अब ‘टप वान’ को तयारीमा छन् । उनीहरुले टप वानको लागि भोट गरिदिन समेत सबैलाई आग्रह गरेका छन् । गायक लामालाई म्यासेज बक्समा गएर एन पि एन स्पेश १४८ टाइप गरी ३८६८७ मा म्यासेज गरी भोट गर्न सकिन्छ ।

करिब डेढ महिना अघि नेश्नल पावर म्युजिकले नेश्नल पावर म्युजिक अवार्ड २०१९ को लागि स्वर, शब्द, लय, अडियो, भिडियो लगायतबाट फारम आव्हान गरेको थियो । गायक लामाले ‘अन्तिम चोटी’ बोलको गीतको संगितबाट र विष्णु माझीले स्वरबाट फारम भरेका थिए । अहिले दुवै जना टप फाईभमा पर्न सफल भएका छन् । टप फाईभका लागि छनौट भएका पाँच जना मध्ये टप वानमा पर्न सफल गायक तथा गायीकाले अवार्ड प्राप्त गर्ने छन् । नेश्नल पावर म्युजिक अवार्ड २०१९ को अन्तिम रिजल्ट यहि माघ २४ गते राष्ट्रिय नाचघर काठमाण्डौंमा गरिनेछ ।

आवरण तस्वीरः लोक गायक केशर लामा र अर्का गायक अमृत खाती ।

१५ माघ, २०७५ । २ः०० बजे प्रकाशित ।

VIEWS: 2655 पटक हेरीएको
error: Content is protected !!