दोलखाका बैंकहरु खुल्ने, सामान ढुवानीको सवारी पास स्थानीय सरकारले पनि दिने

4 weeks ago/Tuesday, April 28th, 2020

जिरी (दोलखा), १६ बैशाख ।

कोभिड १९ जोखिम न्यूनिकरण जिल्ला समन्वय समिति दोलखाले लकडाउनका कारण बन्द रहेको जिल्लाका बैंकहरु नियमित सुचारु गर्न दिने भएको छ ।

कोभिड १९ जोखिम न्यूनिकरण जिल्ला समन्वय समिति दोलखाको आज बसेको बैठकले करिब एक महिना अघिदेखि बन्द रहेको जिल्ला भित्रका सबै बैंकहरुको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन गर्ने निर्णय गरेको हो । यो सँगै जिल्ला सदरमुकाम चरिकोट र विभिन्न स्थानीय तहमा रहेका बैंकहरुले जनतालाई नियमित सेवा दिन पाउने छन् । आवश्यकता अनुसार सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि बैकहरुलाई विहान १० बजेदेखि १ बजे सम्म खुल्न दिने गरी छलफल भएको समितिका संयोजक डबल पाण्डेले जानकारी दिनुभयो ।

तर, पछिल्लो समय बैकहरुले आंशिक रुपमा सेवा दिँदै आएको थियो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवम् कोभिड १९ जोखिम न्यूनिकरण जिल्ला समन्वय समितिका संयोजक डलब पाण्डेको अध्यक्षतामा कोभिड १९ संक्रमण रोकथाम तथा न्युनिकरणको सम्बन्धमा दोलखाका स्थानीय तहका प्रमुखहरु समेतको सहभागीतामा बसेको बैठले नेपाल सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) लाई थप प्रभावकारीताका साथ कार्यन्वयन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले कृषि सामाग्री, मल, बिउ तथा विकास निर्माणका लागि आवश्यक पर्ने सामाग्री ढुवानीलाई सहज बनाउने र विकास निर्माणको काम गर्दा सामाजिक दुरी कायम गर्ने गराउने निर्णय गरेको छ । साथै, जिल्लाभित्र विकास निर्माणका कार्यको ढुवानीका लागि सवारी पास स्थानीय तहले व्यवस्था गर्ने र जिल्ला बाहिरका सवारी पासको लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्था गर्नेछ ।

संयोजक पाण्डेले जिल्ला भित्रिने सवारी साधनलाई डिसइन्फेक्सन छर्कने स्टेशन आजबाट चरिकोटमा सुरु भएको भन्दै बैठकले तामाकोशी गाउँपालिकाको किर्नेटारमा पनि छिट्टैनै स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।

१६ बैशाख, २०७७ । ७ः ०५ बजे प्रकाशित ।

VIEWS: 4045 पटक हेरीएको
error: Content is protected !!