दोलखाका रमेश शिवाकोटी ओलम्पिक कमिटीको सदस्यमा निर्वाचित

3 months ago/Sunday, September 15th, 2019

दोलखा, २९ भदौ ।

नेपाल ओलम्पिक कमिटीको सदस्यमा दोलखाको कालिञ्चोक गाउँपालिकाका रमेश शिवाकोटी निर्वाचित भएका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीका शिवाकोटीे नेपाल ओलम्पिक कमिटीको निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका हुन् । दोलखाबाट ओलम्पिक कमिटीको सदस्यमा निर्वाचित भएका शिवाकोटी सम्भवतः पहिलो व्यक्ति हुन् । ललितपुरको सातदोवाटोमा हिजो भएको निर्वाचनबाट ओलम्पिक कमिटीको अध्यक्षमा सांसद समेत रहेका जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए । ओलम्पिक कमिटीमा २७ जना मतदाता रहेका थिए । जसमध्ये अध्यक्षमा जीवनरामले १७ मत र उमेशलाले १० मत प्राप्त गरेका थिए । ओलम्पिक कमिटीको पदाधिकारी र सदस्यमा अधिकांश व्यक्ति जीवनरामको प्यानलका विजयी भएका छन् ।

२९ भदौ, २०७६ । ७ः३० बजे प्रकाशित ।

VIEWS: 2375 पटक हेरीएको
error: Content is protected !!