दोलखाका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्रि

1 month ago/Friday, April 24th, 2020

दोलखा, १२ वैशाख ।

दोलखाका सञ्चारकर्मीहरुलाई बिभिन्न व्यक्तिहरुले स्वास्थ्य सुरक्षा सामाग्रि बितरण गरेका छन् ।

मुलुकमा कोरोना भाईरसको संक्रमण बढिरहेका बेला रिर्पोटिङमा अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, पोलोराईड चस्मा, सेनिटाईजर लगायतका सामाग्रि बितरण गरिएको हो । व्यवसायी दिनेश बस्नेतले २७ वटा प्रेस ज्याकेट पत्रकार महासँघ दोलखा शाखा मार्फत पत्रकारहरुलाई उपलव्ध गराएका छन् भने लापिलाङ घर भई काठमाण्डौंमा व्यवसायी गर्दै आएका विक्रम खड्काले ३० थान पोलोराईड चस्मा र मेलुङका व्यवसायी रामहरि श्रेष्ठले करिव १ सय थान मास्क उपलव्ध गराएका हुन् ।

यस्तै, पत्रकार महासँघ दोलखा शाखाले लकडाउनका बेला पनि काम गरिरहेका पत्रकारहरुलाई सेनेटाईजर बितरण गरेको अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । दोलखामा हाल करिव ७० को संख्यामा पत्रकारहरु पत्रकारिता क्षेत्रमा कार्यरत भएपनि उपलब्ध मास्क बाहेकका सामाग्रीहरु सवैलाई पुग्न सकेको छैन । प्रेस ज्याकेट जम्मा २७ जनालो पाएका छन् भने पोलोराईड चस्मा ३० जनाले मात्र पाएका छन् ।

१२ वैशाख, २०७७ । ११ः२० बजे प्रकाशित ।

VIEWS: 1975 पटक हेरीएको
error: Content is protected !!