दोलखाका सहकारीमा तरलता बढ्यो, करोडौँ रकम मौज्दात

1 week ago/Saturday, September 12th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, २४ भदौ ।

कोरोना भाईरस संक्रमणको जोखिम लगातार कायम रहँदा दोलखाका सहकारीहरुमा तरलता बढेको छ ।

कोरोना जोखिमका कारण लामो समयदेखि व्यापार, व्यवसाय लगाएतका समग्र क्षेत्रको कारोबार ठप्प हुँदा जिल्लाका सहकारी सँघसंस्थाहरुमा तरलता बढेको हो । जिल्लाका सहकारीहरुको तथ्यांकलाई हेर्दा केही सहकारीमा अधिक तरलता देखिएको छ । जिल्लाका केही प्रतिनिधिमुलक सहकारीको तथ्यांकलाई हेर्दा एउटै सहकारीमा ५० प्रतिशत भन्दा बढि तरलता रहेको पाईएको हो । दोलखा सदरमुकाम चरिकोटस्थित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थामा ५० प्रतिशत भन्दा बढि तरलता रहेको छ ।

पेसागत सहकारी भएकाले ऋण लगानी कम हुनेहुँदा विगतमा पनि अन्य सहकारीको तुलनामा केही बढि नै तरलता हुने गरेपनि लकडाउनका कारण झन तरलता बढेको सहकारीका व्यवस्थापक नविन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले हाल २५ करोड बराबरको कारोबार गरिरहेकोमा करिव ११ करोड रकम वैंकमा मौज्दात रहेको छ । सहकारीले नयाँ ऋण लगानीलाई नै लक्षित गर्दै भदौ ७ गते मात्रै व्याजदर परिमार्जन गरि न्युनतम साँढे ८ देखि अधिकतम १२ प्रतिशतसम्म तोकेको छ ।

जिरी नगरपालिकास्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थामा पनि हाल करिव ३५ प्रतिशत तरलता रहेको छ । कोरोना भाईरस संक्रमणको जोखिम र लकडाउनका कारण व्यवसाय ठप्प हुँदा ठुलो ऋण प्रवाह हुन नसकेकाले सहकारीको तरलता बढ्दै गएको सहकारीका व्यवस्थापक रामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत फ्रेण्डसीपमा विगतका वर्षहरुमा न्युनतम १५ देखि २० प्रतिशत मात्रै तरलता हुने गरेकोमा हाल ३५ प्रतिशतको हाराहारीमा तरलता रहेको हो ।

कोरोना भाईरस संक्रमणको जोखिम लगातार कायम रहँदा दोलखाका सहकारीहरुमा तरलता बढेको छ । जिल्लाका केही प्रतिनिधिमुलक सहकारीको तथ्यांकलाई हेर्दा एउटै सहकारीमा ५० प्रतिशत भन्दा बढि तरलता रहेको पाईएको हो । दोलखा सदरमुकाम चरिकोटस्थित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थामा सबैभन्दा धेरै ५० प्रतिशत भन्दा बढि तरलता रहेको छ ।

जिल्लाको वैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा पनि अधिक तरलताको समस्या देखिएको छ । विगतका वर्षमा चाडपर्व नजिकिदै जाँदा लगानी बढि भएर बाह्य स्रोत समेत परिचालन गर्नुपर्ने अवस्था आउने गरेपनि हाल आन्तरिक स्रोतको समेत व्यवस्थापन हुन नसकेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षहरुको यही अवधिमा १२ देखि १५ प्रतिशतको बिचमा मात्रै तरलता रहने गरेकोमा हाल करिव २७ प्रतिशत तरलता रहेको छ । मैनापोखरीमै रहेको जनमुखि बचत तथा ऋण सहकारी संस्थामा पनि २५ प्रतिशत तरलता रहेको छ । विगतका वर्षमा कुल सम्पत्तिको आधारमा १२ देखि १५ प्रतिशत तरलता हुने गरेकोमा हाल नयाँ ऋण लगानी हुन नसक्दा तरलता २५ प्रतिशत पुगेको सहकारीका व्यवस्थापक भेषबहादुर मिजारले जानकारी दिनुभयो ।

यसैगरी, कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा रहेको आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्थामा पनि विगतको तुलनाता तरलता बढेको छ । विगतमा ८ देखि १० प्रतिशत पनि तरलता पु¥याउन गाह्रो हुने गरेकोमा हाल २० देखि २५ प्रतिशत तरलता रहेको सहकारीका अध्यक्ष मिनकुमार खड्काले जानकारी दिनुभयो । हाल सदस्यहरुबाट ऋणको माग नभएकाले तरलता बढ्दै गएको उहाँले बताउनुभयो ।

सहकारीमा बचत रकमको न्युनतम १५ देखि २० प्रतिशत मात्रै तरलता राख्नुपर्ने व्यवस्था भएपनि कोरोना भाईरसको जोखिम र लकडाउनका कारण नयाँ ऋण लगानी हुन नसक्दा जिल्लाका सहकारीहरुमा तरलता बढ्दै गएको जिल्ला सहकारी सँघ दोलखाका अध्यक्ष हेमन्त चौँलागाईको भनाई छ । जिल्लाका अधिकांश सहकारीमा तरलता बढिरहँदा जिल्ला सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोकमा र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा भने अधिक तरलताको समस्या नरहेको पाईएको छ ।

सहकारीमा बचत रकमको न्युनतम १५ देखि २० प्रतिशत मात्रै तरलता राख्नुपर्ने व्यवस्था भएपनि कोरोना भाईरसको जोखिम र लकडाउनका कारण नयाँ ऋण लगानी हुन नसक्दा जिल्लाका सहकारीहरुमा तरलता बढ्दै गएको जिल्ला सहकारी सँघ दोलखाका अध्यक्ष हेमन्त चौँलागाईले जानकारी दिनुभयो । कोरोनाको जोखिमका कारण ऋण माग कम हुँदा लगानीयोग्य रकम भएर पनि लगानी हुन नसकेको र अधिकांश सहकारीमा रकम थुप्रियको अध्यक्ष चौँलागाईले बताउनुभयो । तरलता बढ्दा सहकारीको व्यवसायिक क्षमता घटेको जस्तो देखिने र सहकारीप्रति सदस्यको विश्वास घट्ने उहाँको भनाई छ ।

जिल्लाका अधिकांश सहकारीमा तरलता बढिरहँदा जिल्ला सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा भने अधिक तरलताको समस्या नरहेको पाईएको छ । मिलिजुली कालिञ्चोक साकोसमा हाल १५ दशमलव ५ प्रतिशत मात्रै तरलता रहेको छ । कुल बचतको न्युनतम १५ प्रतिशत तरलता हुनुपर्नेमा हाल १५ दशमलव ५ प्रतिशत रहेकाले खासै समस्या नरहेको मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।

हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले पनि सहकारीमा विगतका तुलनामा कारोबार घटेपनि तरलतामा कुनै समस्या नरहेको बताउनुभयो । हाल सहकारीको तरलता १८ प्रतिशतको हाराहारीमा रहेको र यो ‘पल्स स्ट्याण्डर’ अनुसारकै भएको उहाँको भनाई छ ।

२४ भदौ, २०७७ । ८ः२० बजे प्रकाशित ।

VIEWS: 1600 पटक हेरीएको
error: Content is protected !!