दोलखाका साँसदहरुले भनेः बैशाखभित्र कालोपत्रे गरिसक, दँशै तिहारमा यातायात सहज बनाऊ

3 weeks ago/Wednesday, October 2nd, 2019

ईदोलखा संवाददाता ।

काठमाडौँ, १५ असोज ।

दोलखाका साँसदहरुले करिव तिन बर्षदेखि अलपत्र रहेको लामोसागुँ जिरी सडक अन्तर्गत खाडिचौर मुडे चरिकोट सडक खण्डमा दशैतिहारमा निर्वाध यातायात सँचालन हुने र आगामी बैशाख महिना भित्र कालोपत्रे नगरिए जनस्तरवाट प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

ठेक्का सम्झौता भएको तिन बर्ष सम्म ठेकेदार कम्पनीले सडक निर्माणको अवस्था अलपत्र पारेको र दशैं तिहारको मुखमा समेत यातायातका साधान चल्न नसक्ने अवस्था भएपछि दोलखाका सांसदहरुको यस्तो आक्रोश व्यक्त भएको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाण्डौंमा आज भएको बैठकमा दोलखाका सांसदहरुले आयोजना निर्देशनालयका प्रमुख र सडक विभागका उच्च अधिकारी तथा सम्वन्धित निर्माण व्यवसायीका प्रतिनिधिहरु समेतको उपस्थितीमा यस्तो चेतावनी दिएका हुन् ।

बैशाखभित्र कालोपत्र गरिसक्न निर्देशन

बैठकमा प्रदेश सभाका साँसद पशुपति चौंलागाईले खाडिचौर चरिकोट सडकको दुरावस्थाका कारण राज्य र सिँगो दोलखावासीले ठुलो आर्थिक क्षेति र दुःख व्यर्होनु परेको भन्दै सडक निर्माणमा अव पनि आलटाल गरे जनस्तरवाट प्रतिरोध हुने बताउनुभयो । उहाँले दशैं तिहारमा निर्वाध यातायातका साधन सँचालन हुने वातावरण सिर्जना गर्न र यहि बर्षभित्र सडक कालोपत्रेको काम पुरा हुन नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने बताउनुभयो । बैठकमा आफ्नो धारणा राख्दै पूर्व राज्यमन्त्री, नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य एवँ दोलखा जिल्ला ईन्चार्ज देवी खड्काले माथिल्लो तामाकोशी आयोजनाको लागत दोव्वर हुनेमा खाडिचौर चरिकोट सडक पनि एउटा मुख्य कारण भएको र सडककै कारण राज्यले अरवौंको क्षेति व्यहोर्नु परेको बताउनुभयो । पुर्व राज्यमन्त्री खड्काले सडककै कारण सरकार, जनप्रतिनिधि र सत्तारुढ दल नेकपा समेतको बदनाम गर्ने काम भईरहेको भन्दै यो वा त्यो वाहनामा काममा ढिलासुस्ती गर्ने र दशैं तिहार जस्तो चाडमा जनताले सहज यात्रा गर्ने अवस्था सिर्जना नगरिए जटिल परिणाम भोग्नु पर्ने चेतावनी दिनुभयो ।

साँसदहरुको सामुहिक आक्रोश

छलफलको क्रममा सडक निर्माणको जिम्मा लिएको गौरी पार्वती र संकर मालीनिर्माण कम्पनिका प्रतिनिधि र साँसदहरुबीच चर्काचर्की भएको थियो । साँसदहरुले सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने निर्माण कम्पनीले बैशाख सम्ममा काम पुरा नगरे ठेक्का तोडेर नयाँ प्रक्रियामा जान सुझाव दिएका छन् भने सरकारी अधिकारीहरुको बेवास्ता र मौनताप्रति पनि कडा आक्रोश व्यक्त गरेका छन् । बैठकमा प्रदेश सभका साँसद विशाल खड्काले सरकारी अधिकारी र निर्माण व्यवसायीवीच मिलेमतो र कमिसनको चक्कर भएका कारण काममा ढिलाासुस्ती र बेवास्ता भएको गुनासो आएको भन्दै यस्तै अवस्था रहे पर्दाफास गरेर अघि बढ्ने बबताउनुभयो । साँसद खड्काले आयोजना पमुख पटक–पटक परिवर्तन हुनु पनि शंकास्पद रहेको भन्दै अब पनि काममा आलटाल गरे जनस्तरवाट प्रतिरोध गर्ने र त्यसको नेतृत्व जनप्रतिनिधिले नैं गर्ने चेतावनी दिनुभयो ।

बैठकमा सहभागि प्रतिनिधि सभाका साँसद शान्तिमाया पाख्रिन र प्रदेश सभाका साँसदहरु सरस्वती बस्नेत, हिमाली गोले र डिएन लामाले दशैंतिहारमा यात्रुले सास्ति भोग्नु नपर्ने गरी तत्काल सडकमा ग्राभेल ओछ्याउन र खाल्डाखुल्डि पुरेर यातायातका साधन सहज चल्ने वातावरण बनाउन आग्रह गरेका थिए । दोलखाका साँसदहरुको सामुहिक आक्रोश र दवाव पछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख शुशिल ढकालले निर्माण कम्पनीका प्रतिनिधिलाई दशैं तिहारमा निर्वाध यातायात चल्ने गरी सडकमा तत्काल सुधार गर्न र आगामी बैशाख महिनाभित्र कालोपत्रे सक्न निर्देशन दिनुभएको छ । मौजुदा ठेक्काबाटै सकेसम्म कार्य सम्पन्न गर्ने योजना रहेको भन्दै उहाँले बैशाखसम्म कालोपत्रे नभए म्याद थप्ने र ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने बताउनुभयोे । उहाँले सडक निर्माणको कामलाई नयाँ गति दिनकै लागि आयोजना प्रमुख समेत परिवर्तन गरिएको जानकारी दिनुभयो । निर्देशनालय प्रमुख ढकालले तोकिएको परिमाण अनुसारको काम नभएकाले निर्माण कम्पनीले दावी गरेको बिलको भुक्तानी हुन नसकेको स्पस्ट पार्नुभयो ।

आयोजना प्रमुख फेरिए

यसैबीच, हालै मात्र जिम्मेवारी पाएका खाडिचौर मुडे चरिकोट सडक आयोजनाका प्रमुख द्धिप बाराहीले आगामी बैशाखसम्म कालोपत्रे सक्ने गरी कार्यतालिका बनाएर काम गर्न निर्माण व्यवसायीलाई भनेका छन् । आयोजना प्रमुख बाराहीले निर्माण व्यवसायीका जायज बिलभरपाईलाई प्राविधिक मुल्याँकन, गुणस्तर र परिमाणका आधारमा भुक्तानी गरिने बताउनुभयो । बाराहीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमवार मात्रै आयोजना प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झा नैं आयोजना प्रमुखको जिम्मेवारीमा थिए ।

बैठकमा सहभागी निर्माण व्यवसायीले समयमै भुक्तानी नपाएका कारण समस्या भएको गुनासो गरेका थिए । बैठकमा गौरी पार्वतीका सोम थापा र सुनौला खिम्तिका दिपक सापकोटा लगायतका प्रतिनिधि सहभागि थिए । सडकको अवस्था दयनीय बनेपछि पूर्व राज्यमन्त्री देवी खड्काको पहलमा साँसदहरु, सरकारी अधिकारी र निर्माण व्यवसायीको सँयुक्त बैठक बसेको हो । सिन्धुपाल्चोकको खाडिचौर देखि मुडे हुँदै दोलखाको चरिकोटसम्मको ५५ किलो मिटर सडक कालोपत्रेका लागि तिन बर्ष अघि सम्झौता भई काम सुरु गरिए पनि अझै पुरा हुन सकेको छैन । भारतिय कम्पनी सकिल हैदार र नेपाली निर्माण कम्पनी गौरी पार्वती र सुनौला खिम्तिले जेभीमा ठेक्का सम्झौता गरेपनि सडक निर्माणको काम अलपत्र रहेको छ । सिन्धुपाल्चोकको ठुलोपाखर देखि सिलढुँगा तथा मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडकको अवस्था दयनीय छ ।

१५ असोज, २०७६ । ६ः ४५ बजे प्रकाशित ।

VIEWS: 3065 पटक हेरीएको
error: Content is protected !!