दोलखाका स्वास्थ्यकर्मी सहित करिव दुई हजारलाई कोरोना बिरुद्धको खोप लगाउन शिफारिस

2 months ago/Monday, January 18th, 2021

विपना थापामगर ।
जिरी (दोलखा), ५ माघ ।

दोलखामा कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार मानिसलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरिएको छ ।

सरकारले खरिद गरेर भए पनि अगपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तत्काल खोप लगाउने योजना बनाएपछि दोलखाका २ नगरपालिका र ७ वटा गाउँपालिकाका १ हजार ९ सय ४४ जना स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको हो । स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप दिने भन्दै स्थानीय सरकारलाई पठाउन निर्देशन गरेको थियो । जसअनुसार भीमेश्वर नगरपालिकाका १ सय १४ जना महिला स्वयमसेविका सहित करिब २ सय ५० जना स्वास्थ्यकर्मीे र जिरी नगरपालिकाका १ सय २ जना महिला स्वयमसेविका, ८० जना स्वास्थ्यकर्मी र ५४ जना नगरपालिकाका कर्मचारी सहित २ सय ३६ जनाको नाम शिफारिस गरिएको छ । यस्तै, वैतेश्वर गाउँपालिकाका ५२ जना स्वास्थ्यकर्मी र १ सय ५० जना महिला स्वयमसेविका गरी २ सय २ जना तामाकोशी गाउँपालिकाका १ सय ४० जना महिला स्वयमसेविका, ७६ जना स्वास्थ्यकर्मी र ७ जना कार्यालय सहयोगी गरी २ सय २३ जना, मेलुङ गाउँपालिकाका ४२ जना स्वास्थ्यकर्मी र १ सय ६५ जना महिला स्वयमसेविका गरी २ सय ७ जना र गौरीशंकर गाउँपालिकाका १ सय ५ जना महिला स्वयमसेविका र ९२ जना स्वास्थ्यकर्मी सहित १ सय ९७ जनालाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन शिफारिस गरिएको छ ।

दोलखामा कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार मानिसलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरिएको छ । स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप दिने भन्दै स्थानीय सरकारलाई पठाउन निर्देशन गरेको थियो । 

जिल्लाको शैलुङ गाउँपालिकाले १ सय ५१ जना स्वयमसेविका र ५० जना स्वास्थ्यकर्मी गरी २ सय १ जना र बिगु गाउँपालिकाले १ सय ३१ जना महिला स्वयमसेविका र ५६ जना स्वास्थ्यकर्मीको नामावली संकलन गरी पठाएको छ । कालिञ्चोक गाउँपालिकाले पनि पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरेको छ । कालिञ्चोकबाट १ सय ६५ जना स्वयमसेविका र ७६ जना स्वास्थ्यकर्मीको नामावली संकलन गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मी स्वयमसेविका, कर्मचारी र कार्यालय सहयोगीको नामावली पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेको थियो । मन्त्रालयबाट प्राप्त भएको पत्रअनुसार दोलखाका स्थानीय तहहरुले पनि पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वयमसेविकाहरुको नामावली संकलन गरेको हो । स्वास्थ्य सेवा विभागले स्वास्थ्यसम्बन्धी विभिन्न काउन्सिलमार्फत चिकित्सक र स्वास्थ्यकर्मीको तथ्यांक लिन पत्राचार गरे पनि वास्तविक तथ्याँक नआउने भएपछि देशभरका प्रत्येक स्थानीय तहमार्फत विवरण संकलन गर्न सुरु गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले अहिले संकलन भएको नामावलीको आधारमा प्रत्येक जिल्लामा खोप पठाउने गरी योजना बनाउनेछ । स्थानीय तहबाट प्राप्त तथ्यांकलाई जिल्ला स्वास्थ्य कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने व्यवस्था मिलाइएको छ । ५२ हजारभन्दा बढी महिला स्वयंसेविकाले पहिलो चरणमै खोप लगाउने छन् ।

ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाटै संकलन भइरहेको छ । स्वास्थ्य मन्त्रालयले अहिले संकलन भएको नामावलीको आधारमा प्रत्येक जिल्लामा खोप पठाउने गरी योजना बनाउनेछ । ‘सरकारी योजनाअनुसार ५२ हजारभन्दा बढी महिला स्वयंसेविकाले पहिलो चरणमै खोप लगाउने छन् । स्थानीय तहले आफ्नो क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वयंसेविकाको विवरण जिल्लास्थित स्वास्थ्य कार्यालयमा पठाउनु पर्नेछ । स्थानीय तहबाट प्राप्त तथ्यांकलाई जिल्ला स्वास्थ्य कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मीलाई पहिलो खोप लगाइसकेपछि ५५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने सरकारको योजना रहेको छ ।

५ माघ, २०७७ । ७ः४० बजे प्रकाशित ।

VIEWS: 2240 पटक हेरीएको
error: Content is protected !!