दोलखाका स्वास्थ्य संस्थामा रुघाखोकी र भाईरल ज्वरोका विरामीको चाप

3 weeks ago/Thursday, March 12th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, २९ फागुन ।

मौसम परिवर्तनसँगै दोलखामा केहि समय यता रुघाखोकि र भाईरल ज्वरोका बिरामिको चाप बढेको छ ।

गर्मी मौसम सुरु हुन लागेसँगै जिल्लामा भाईरल ज्वरो तथा मौसमी फ्लुसँग मिल्दाजुल्दा लक्षण भएका विरामीको चाप बढेको हो । भाईरल ज्वरोको प्रकोप बढेसँगै जिल्लाका अस्पताल, सरकारी स्वास्थ्य सँस्था तथा निजी अस्पतालहरुमा बिरामीको चाप बढेको छ । जसअनुसार दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा मात्रै दैनिक ३ सय ५० जना विरामी आउने गरेको अस्पतालले जनाएको छ । त्यसमध्ये ६० देखि ७० जना ज्वरो र रुघाखोकिका बिरामी आउने गरेका छन् ।

सदरमुकाम चरिकोटमै रहेको दोलखा सामुदायिक अस्पतालमा पनि पछिल्लो समय अन्य बिरामीको तुलनामा भाईरल ज्वरोको बिरामीको संख्या बढेको छ । अस्पतालमा सरदर दैनिक ४० देखि ६० को हारहारीमा विरामी आउने गरेको र उनीहरुमध्य ८० प्रतिशत ज्वरो, रुघाखोकीका विरामी रहेको अस्पतालका एमडिजिपि डा. अमोघ बस्न्यातले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश विरामीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती दुख्ने, घाँटी दुख्ने लगाएतका लक्षण देखिने गरेको छ ।

भाईरल ज्वरोको प्रकोप बढेसँगै जिल्लाका अस्पताल, सरकारी स्वास्थ्य सँस्था तथा निजी अस्पतालहरुमा बिरामीको चाप बढेको छ । सदरमुकाम चरिकोटमा मात्रै नभई जिल्लाका ग्रामिण क्षेत्रमा समेत ज्वरो, रुघाखोकीका विरामी बढेका छन् । जिरी अस्पतालमा करिव दुई सातायता ज्वरो, रुघाखोकीका विरामीको चाप बढेको छ ।

सदरमुकाम चरिकोटमा मात्रै नभई जिल्लाका ग्रामिण क्षेत्रमा समेत ज्वरो, रुघाखोकीका विरामी बढेका छन् । जिल्ला अस्पताल समेत रहेको जिरी अस्पतालमा पनि विरामीको चाप बढेको छ । अस्पतालमा आउने कुल विरामीमध्य ६० देखि ७० प्रतिशत ज्वरो, रुघाखोकीको विरामी हुने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राकेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिरी अस्पतालमा करिव दुई सातायता ज्वरो, रुघाखोकीका विरामीको चाप बढेको छ । अस्पतालमा सरदर दैनिक ३० देखि ४० जना विरामी आउने गरेको र उनीहरुमध्य अधिकांश ज्वरो रुघाखोकीका विरामी रहेको डा. श्रेष्ठले बताउनुभयो ।

दोलखामा देखिएका रुघाखोकी र ज्वरोका विरामी मध्य बढिजसो बालबालिका र वृद्धवृद्धा रहेका छन् । वृद्धवृद्धा र बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएका कारण उनीहरुलाई ज्वरो, रुघाखोकीले बढि सताउने गरेको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा. विनोद दंगालले जानकारी दिनुभयो । फ्लु र कोरोना भाईरसको लक्षण उस्तै उस्तै भएपनि फ्लुको अवधि ३ देखि ९ दिनसम्म रहने र सो भन्दा बढि समयसम्म निको नभएमा चिकित्सकको सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको अवधि भने १४ दिन तोकिएको छ । दुवै भाईरसको लक्षण एउटै भएकाले मानिसहरु आँत्तिने गरेपनि दोलखामा अहिले बढेका सामान्य रुघाखोकीको विरामीमा फ्लु कै लक्षण देखिएको डा. दंगालको भनाई छ ।

फ्लु र कोरोना भाईरसको लक्षण उस्तै उस्तै भएपनि फ्लुको अवधि ३ देखि ९ दिनसम्म रहने र पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको अवधि भने १४ दिन तोकिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । दुवै भाईरसको लक्षण एउटै भएकाले मानिसहरु आँत्तिने गरेपनि दोलखामा अहिले बढेका सामान्य रुघाखोकीको विरामीमा फ्लु कै लक्षण देखिएको डा. विनोद दंगालले जानकारी दिनुभयो । हाल मौसम पविर्तनको समय भएकाले ज्वरो र रुघाखोकीका विरामी केही बढेपनि आँत्तिहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनुभयो ।

सबै भाईरसको लक्षण एकै खालका हुने भएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षणका विरामी भने हालसम्म नदेखिएको दोलखाका स्वास्थ्य संस्थाहरुकोे तथ्यांक छ । पछिल्लो समय विश्वभर कोरोना भाईरसको प्रकोप फैलिईरहेकाले सामान्य ज्वरो रुघाखोकीका लक्षण देखिने वित्तिकै कोरोना संक्रमण भएको आशंकामा विरामीहरु त्रासित भएको अवस्था छ । तर, जिल्लामा हालसम्म मौसमी फ्लु तथा ईन्फ्लुएन्जासँग मिल्दो जुल्दो लक्षण भएका विरामी मात्रै भेटिएको र कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको संक्रमण नदेखिएपनि दोलखामा पूर्वसतर्कता भने अपनाईएको छ । हाल मौसम पविर्तनको समय भएकाले ज्वरो र रुघाखोकीका विरामी केही बढेपनि आँत्तिहाल्नुपर्ने अवस्था नरहेको र जिल्लामा हालसम्म कुनै पनि शंकास्पद विरामी फेला नपरेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । यद्धपी सरसफाईमा ध्यान दिई सतर्कता भने अपनाउनुपर्ने उहाँको भनाई छ ।

२९ फागुन, २०७६ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 5725 पटक हेरीएको
error: Content is protected !!