दोलखाका १६ हजार बालवालिका कुपोषणको शिकार

1 year ago/Saturday, June 9th, 2018

दुर्गा बस्नेत ।

२६ जेठ ।

दोलखाका १६ हजार बालवालिका कुपोषणको शिकार बनेका छन् । जिल्लाका विभिन्न स्थानमा गरीएको सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म १६ हजार ६ सय ३२ बालवालिकामा कुपोषण देखिएको हो ।

जिल्लामा कुल वालवालिकाको संख्या मध्ये २ दशमलव ९२ प्रतिशत बालबालिकामा कुपोषण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा २२ जना बालवालिका कडा खालको कुपोषण र ४ सय २१ जना मध्यम खालको कुपोषणको शिकार भएका छन् । कडा खालको कुपोषणबाट १४ बालिका र ८ वालक गरी २२ जना पीडीत रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वरप्रसाद चौरासियाले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु वर्र्ष कुपोषित वालवालिकाको संख्यामा कमी आएको छ ।

दोलखाको अति दुर्गम बिगु, आलम्पु र खोपाचागु तथा गैरीमुदी क्षेत्रमा बढि कुपोषित बालवालिकाहरु फेला परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा ६९ जना बालवालिकामा कडा र १ हजार २ सय ३६ जनामा मध्यम खालको कुपोषण देखा परेको थियो । प्रमुख चौरासियाका अनुसार जिल्लामा बालविवाह, पोषणयुक्त स्थानीय उत्पादनबाट बन्ने परिकारको कम प्रयोग, सरसफाईको कमी, फलफुल तथा पोषणयुक्त खानेकुराको अभाव, स्वास्थ्य सेवाको पहुँचमा कमी, मातृ शिक्षाको अभावका कारण वालवालिका कुपोषणको शिकार बनेका छन् । वालवालिकामा कुपोषण भएमा शरीरको पुरै छाला चाहुरिने, करङ पुरै देखिने, कपाल फुस्रो हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

कडा खालको कुपोषण देखिएमा जिल्लामा रहेको कुपोषित वालवालिकाको उपचार गर्ने केन्द्रमा आएर स्वास्थ्यकर्मिको परामर्शमा रहि उपचार गर्नुपर्ने प्रमुख चौरासियाको सुझाव छ । जिरी स्थित जिल्ला अस्पताल र चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कुपोषित बालवालिकाको उपचारका लागि केन्द्रको व्यवस्था गरिएको छ । दोलखाको अति दुर्गम बिगु, आलम्पु र खोपाचागु तथा गैरीमुदी क्षेत्रमा बढि कुपोषित बालवालिकाहरु फेला परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

२६ जेठ २०७५ । ४ः४५ बजे प्रकाशित

VIEWS: 2420 पटक हेरीएको
error: Content is protected !!