दोलखाका ८ स्थानीय तहलाई पहिलो किस्ता वापत ८७ करोड ५० लाख रकम निकासा

1 month ago/Saturday, September 19th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, ३ असोज ।

दोलखाका ८ स्थानीय तहले चालु आर्थिक वर्ष सँघ र प्रदेश सरकारको अनुदान तर्फको पहिलो किस्ता वापत ८७ करोड ५० लाख भन्दा बढि रकम प्राप्त गरेका छन् ।

स्थानीय तहहरुले संघीय सरकार र प्रदेश सरकारको वित्तिय समानीकरण र सशर्त अनुदान वापत ८७ करोड ५० लाख २ हजार बजेट प्राप्त गरेका हुन् । जिल्लाका ९ स्थानीय तहमध्य ८ स्थानीय तहमा सो बराबरको रकम निकासा भईसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) दोलखाका कोष नियन्त्रक भरत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ८ स्थानीय तहले संघीय सरकारको सशर्त अनुदानतर्फको पहिलो किस्ता वापत ५५ करोड ५८ लाख १९ हजार र वित्तिय समानीकरण तर्फ २४ करोड ४१ लाख रकम निकासा लगेका छन् । जसमध्य सबैभन्दा बढि भीमेश्वर नगरपालिकालाई वित्तिय समानीकरण तर्फ ४ करोड १९ लाख ७५ हजार र सशर्त अनुदानतर्फ १२ करोड ३८ लाख ४९ हजार निकासा भएको छ भने जिरी नगरपालिकालाई समानिकरणतर्फ २ करोड ६६ लाख र शसर्त तर्फ ६ करोड एक लाख २६ हजार बजेट निकासा भएको छ ।

दोलखाका ८ स्थानीय तहले चालु आर्थिक वर्ष सँघ र प्रदेश सरकारको अनुदान तर्फको पहिलो किस्ता वापत ८७ करोड ५० लाख भन्दा बढि रकम प्राप्त गरेका छन् । ८ स्थानीय तहले संघीय सरकारको सशर्त अनुदानतर्फको पहिलो किस्ता वापत ५५ करोड ५८ लाख १९ हजार र वित्तिय समानीकरण तर्फ २४ करोड ४१ लाख रकम निकासा लगेका छन् । सबैभन्दा बढि भीमेश्वर नगरपालिकालाई वित्तिय समानीकरण तर्फ ४ करोड १९ लाख ७५ हजार र सशर्त अनुदानतर्फ १२ करोड ३८ लाख ४९ हजार निकासा भएको छ ।

गाउँपालिकातर्फ मेलुङ गाउँपालिकालाई समानिकरण वापत ३ करोड ८ लाख २५ हजार र सशर्त वापत ६ करोड ५१ लाख ९ हजार रकम निकासा भएको छ भने वैतेश्वर गाउँपालिकालाई समानिकरण वापत ३ करोड २ लाख ७५ हजार र सशर्त अनुदान वापत ५ करोड ९९ लाख ९४ हजार बजेट निकासा भएको छ । जिल्लाको तामाकोशी गाउँपालिकाले समानीकरण तर्फ २ करोड ९८ लाख ७५ हजार र सशर्त वापत ६ करोड ९१ लाख २ हजार रकम निकासा लगेको छ भने शैलुङ गाउँपालिकाले समानिकरण वापत २ करोड ९० लाख ७५ हजार र सशर्त तर्फ ६ करोड ४३ लाख ५० हजार रकम निकासा लगेको छ । यसैगरी, विगु गाउँपालिकाले समानिकरण वापत २ करोड ८२ लाख ७५ हजार र सशर्त वापत ५ करोड ६५ लाख ६२ हजार तथा गौरीशंकर गाउँपालिकाले समानिकरण वापत २ करोड ७२ लाख र सशर्त तर्फ ५ करोड ६७ लाख २७ हजार रकम निकासा लगेको छ ।

कोलेनिका दोलखाका अनुसार जिल्लाका ८ स्थानीय तहले प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तर्फको पहिलो किस्ता वापत २ करोड २९ हजार ७ सय ५० र सशर्त अनुदान तर्फको पहिलो किस्ता वापत ५ करोड ५० लाख ५३ हजार २ सय ५० रुपैयाँ प्राप्त गरेका छन् । जसमध्ये भीमेश्वर नगरपालिकालाई समानिकरणतर्फ २५ लाख ४७ हजार ५ सय र सशर्त तर्फ ९२ लाख ४६ हजार ५ सय रकम निकासा भएको छ भने जिरी नगरपालिकालाई समानिकरणतर्फ २४ लाख ९५ हजार ७ सय ५० र सशर्त तर्फ ७० लाख ४६ हजार रकम निकासा भएको छ । गाउँपालिकातर्फ विगु गाउँपालिकाले समानिकरण वापत २५ लाख ४ हजार र सशर्त वापत ५० लाख रकम निकासा लगेको छ भने गौरीशंकर गाउँपालिकाले समानिकरणतर्फ २५ लाख २ हजार ७ सय ५० र सशर्त तर्फ ८७ लाख ६५ हजार रकम निकासा लागेको छ ।

कोलेनिका दोलखाका अनुसार जिल्लाका ८ स्थानीय तहले प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तर्फको पहिलो किस्ता वापत २ करोड २९ हजार ७ सय ५० र सशर्त अनुदान तर्फको पहिलो किस्ता वापत ५ करोड ५० लाख ५३ हजार २ सय ५० रुपैयाँ प्राप्त गरेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिकामा भने संघीय र प्रदेश दुवै तर्फका अनुदानको पहिलो किस्ता निकासा हुन सकेको छैन । कालिञ्चोक गाउँपालिकाले अझै चालु वर्षको बजेट नै ल्याउन बाँकी रहेको र गत अािर्थक वर्षको खर्च विवरण समेत नबुझाएकाले अनुदान रकम निकासा नगरिएको हो ।

यसैगरी, मेलुङ गाउँपालिकाले समानीकरण वापत २४ लाख ९७ हजार ७ सय ५० र सशर्त अनुदान वापत ४८ लाख १४ हजार ७ सय ५० तथा शैलुङ गाउँपालिकाले समानिकरण वापत २४ लाख ९४ हजार ७ सय ५० र सशर्त वापत ७३ लाख २४ हजार ७ सय ५० रुपैयाँ रकम पाएको छ । जिल्लाको तामाकोशी गाउँपालिकाले समानिकरण वापत २४ लाख ९४ हजार र सशर्त वापत ६७ लाख ८६ हजार ७ सय ५० तथा वैतेश्वर गाउँपालिकाले समानिकरण तर्फ २४ लाख ९३ हजार २ सय ५० र सशर्त अनुदान तर्फ ६१ लाख २८ हजार रकम निकासा लगेको छ ।

जिल्लाको कालिञ्चोक गाउँपालिकामा भने संघीय र प्रदेश दुवै तर्फका अनुदानको पहिलो किस्ता निकासा हुन सकेको छैन । कालिञ्चोक गाउँपालिकाले अझै चालु वर्षको बजेट नै ल्याउन बाँकी रहेको र गत अािर्थक वर्षको खर्च विवरण समेत नबुझाएकाले अनुदान रकम निकासा नगरिएको कोलेनिका दोलखाका प्रमुख कोष नियन्त्रक शिवनाथ पौडेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि गत आर्थिक वर्षको असार १० गते नै गाउँसभा मार्फत बजेट पास गरिसक्नुपर्ने भएपनि कालिञ्चोक गाउँपालिको चालु वर्षको दुई महिना वितिसक्दा समेत बजेट ल्याउन सकेको छैन । कालिञ्चोक गाउँपालिकाले चालु वर्षको बजेट पास गरि गत आर्थिक वर्षको खर्च विवरण बुझाएपछि मात्रै पहिलो किस्ता निकासा गरिने प्रमुख पौडेलले बताउनुभयो ।

३ असोज, २०७७ । ९ः२५ बजे प्रकाशित ।

VIEWS: 2310 पटक हेरीएको
error: Content is protected !!