दोलखाको ओराङमा छिमेकीले चलाएको भरुवा वन्दुक लागेर एक महिला घाईते

4 months ago/Sunday, August 11th, 2019

दोलखा, २६ साउन ।

दोलखाको विगु गाउँपालिकामा छिमेकीले चलाएको भरुवा वन्दुक लागेर एक महिला घाईते भएकी छिन् ।

विगु गाउँपालिका वडा नम्वर २ ओराङस्थित देउलाङका सोमबहादुर तामाङले चलाएको भरुवा वन्दुक लागेर ओराङडाँडा बस्ने ३४ वर्षीया चमेली तामाङ घाईते भएकी हुन् । चमेलीलाई सोमबहादुरले प्रहार गरेको भरुवा वन्दुको छर्रा लागेको दोलखा प्रहरीले जनाएको छ । घाईते तामाङको दोलखा सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । प्रहरीका अनुसार सोमबहादुरले हिजो साँझ चलाएको वन्दुकको छर्रा बारीबाट घर फर्किँदै गरेकी चमेलीको दाहिने पाखुरामा लागेको थियो ।

यद्धपी सोमबहादुरले भने व्यक्तिलाई नभई बाँदर धपाउनका लागि वन्दुक चलाएको बताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बारीमा आएको बाँदर धपाउनका लागि वन्दुक प्रहार गरेको भनिएपनि थप अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । घटना हिजो साँझकै भएपनि सोमबहादुरलाई भने आज मात्रै प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै फरार भएका सोमबहादुरलाई गाउँमै लुकिछिपि बसेको आवस्थामा भरुवा वन्दुकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याईएको प्रहरी निरिक्षक बोहराले जानकारी दिनुभयो ।

२६ साउन, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 11625 पटक हेरीएको
error: Content is protected !!