दोलखाको काब्रेमा भूकम्पपछि बनेको घर आगलागी भएर ध्वस्त

4 weeks ago/Wednesday, September 25th, 2019

दोलखा, ८ असोज ।

दोलखाको वैत्यश्वर गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा लाखौँको क्षेति भएको छ ।

वैत्यश्वर गाउँपालिका वडा नम्बर ४ कालथोकस्थित दिपक दहालको एकतले भुकम्प प्रतिरोधात्मक भवनमा विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँको क्षेति भएको हो । गएराति करिव ११ बजे विद्युत सर्ट भएर एक्कासी आगलागी हुँदा दहालको नगद ३० हजार, ४ तोला सुन, लत्ताकपडा, अन्नपात गरी कुल १८ लाख ४० हजार बराबरको क्षेति भएको दोलखाका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । यद्यपी आगलागीबाट कुनै मानवीय क्षेति भएको छैन ।

करेन्ट सर्ट हुने वित्तिकै परिवारका सदस्य बाहिर निस्केकाले कुनै मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा आज विहान साँढे १ बजे मात्रै नियन्त्रणमा आएको थियो । भुकम्पपछि पुननिर्माण गरीएको एकतले भवनमा आगलागी भएपछि दहालको परिवार अहिले छिमेकीकोमा बसीरहेका छन् ।

फाइल तस्विरः आगलागी हुनु भन्दा अगाडिको घर

८ असोज, २०७६ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 8785 पटक हेरीएको
error: Content is protected !!