दोलखाको गैरीमुदीमा भिरबाट लडेर बालिकाको मृत्यु

6 days ago/Wednesday, July 29th, 2020

दोलखा, १४ साउन ।

दोलखाको बैतेश्वर गाउँपालिकामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर २ गैदीमुदीस्थित टार भन्ने भिरबाट लडेर १२ वर्षिया एलिसा तामाङको मृत्यु भएको हो । दिउँसो बाख्रा चराउन जङ्गलमा गएकी तामाङको भिरबाट लडेर मृत्यु भएको अवस्थामा बेलुकि करिब ७ बजे शव फेला परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । बालिकाको शव घरमा ल्याएर राखिएको छ भने घटनास्थलमा मुचुल्का तयारका लागि प्रहरी टोली पुगेको उहाँले बताउनुभयो ।

१४ साउन, २०७७ । ७ः४० बजे प्रकाशित ।

VIEWS: 12480 पटक हेरीएको
error: Content is protected !!