दोलखाको मेलुङका ६४ जना कांग्रेस नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

4 days ago/Thursday, July 30th, 2020

जिरी (दोलखा), १५ साउन ।

दोलखाको मेलुङ गाउँपालिकाका ६४ जना नेपाली काग्रेसका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

मेलुङ गाउँपालिका वडा नम्बर ७ का नेपाली कांग्रेसका युवा नेताहरु कुमार योगी, निरोज योगी, हरि योगी, दुर्गा मगर, मोहन थामी लगायत ६४ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपाले आज मेलुङमा सभाको आयोजना गरी पार्टी प्रवेश गराएको छ । नवप्रवेशीहरुलाई नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, जिल्ला सचिवालय सदस्य एवम् मेलुङ गाउँ संगठन कमिटीका इन्चार्ज रविन्द्र कार्की लगायतका जिल्लास्तरीय नेताहरुले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश सभालाई सम्बोधन गर्दै नेकपा दोलखाका अध्यक्ष पोखरेलले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिने र मेलुङको विकास निर्माणका योजना र सामाजिक विषयहरुलाई पार्टीले प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभयो ।

कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपाले आज मेलुङमा सभाको आयोजना गरी पार्टी प्रवेश गराएको छ । नवप्रवेशीहरुलाई नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, जिल्ला सचिवालय सदस्य एवम् मेलुङ गाउँ संगठन कमिटीका इन्चार्ज रविन्द्र कार्की लगायतका जिल्लास्तरीय नेताहरुले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश सभालाई सम्बोधन गर्दै नेकपा दोलखाका अध्यक्ष पोखरेलले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिने र मेलुङको विकास निर्माणका योजना र सामाजिक विषयहरुलाई पार्टीले प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभयो ।

यस्तै, सभामा बोल्दै मेलुङ गाउँकमिटीका इन्चार्ज रविन्द्र कार्कीले ६४ जना युवाहरु नेकपामा प्रवेश गरेसँगै मेलुङ ७ मा कांग्रेस रक्षात्मक अवस्थामा पुगेको र नेकपालाई नयाँ उचाई र गतिका साथ अघि बढ्ने प्रेरणा मिलेको बताउनुभयो । कांग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा राजन योगी, रुपेश योगी, युवराज योगी, सञ्जिव योगी, सचिन योगी, विष्णु योगी, राजु मगर, राम मगर, आशिस मगर, दिलिप योगी, सुमन योगी, गोपाल योगी, मानबहादुर थामी, प्रेम नेपाली लगायत रहेका छन् । कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका कुमार योगी र निरोज योगीले कांग्रेस पार्टीबाट देशको विकास र समृद्धि सम्भवन नभएकाले आफूहरु नेकपा प्रवेश गरेको बताएका छन् ।

पार्टी प्रवेशका लागि आयोजित सभामा नेकपा जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख लक्ष्मण खड्का, जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर कार्की, जिल्ला कमिटी सदस्यहरु वैकुण्ठ भण्डारी, केशव प्रसाद चौलागाई, गायत्री आचार्य, नेकपाका युवा नेता तथा जिल्ला समन्वय समितिका सदस्य विदुर शर्मा, राष्ट्रिय युवा संघ दोलखाका संयोजक धिरज सुवेदी, सहसंयोजक नवराज अर्याल, नेकपा मेलुङका सचिवालय सदस्य एवम् वडा नम्बर ७ का वडाध्यक्ष नवराज खड्का लगायतको उपस्थिति थियो । नेकपा मेलुङ ७ का वडा कमिटी अध्यक्ष बासुदेव खड्काको अध्यक्षतामा सम्पन्न सभामा पार्टी कमिटी सदस्य कृष्ण बहादुर योगीले स्वागत मन्तव्य गर्नुभएको थियो ।

यसैबीच, सोही कार्यक्रममा जिसस सदस्य एवम् समाजसेवी विदुर शर्माले मेलुङ ७ की ९५ वर्षीया पवित्रा नेपालीलाई ५ हजार सहयोग पनि गर्नुभएको छ ।

१५ साउन, २०७७। ४ः०० बजे प्रकाशित ।

VIEWS: 7450 पटक हेरीएको
error: Content is protected !!