दोलखा, ८ फागुन ।
कालिञ्चोक गाउँपालिकामा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङका हिमाल थामीले आफ्नै श्रीमती सुनिता थामीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आज विहान साँढे २ बजे हिमालले आफ्नै श्रीमतीलाई सुतिरहेको स्थानमै खुकुरी प्रहार गरी हत्या गरेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । उनले के कारणले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरे भन्ने बारे केही खुल्न सकेको छैन ।
श्रीमती हत्या गर्ने श्रीमान् हिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीमतीको हत्या गरी फरार भएका हिमाललाई प्रहरीले सुनखानीवाट पक्राउ गरेको हो । सुनिताको शव घटनास्थलमै रहेको छ । मृतक सुनिताको १३ महिनाको छोरा रहेका छन् । हत्या गर्ने श्रीमान २७ वर्षको र श्रीमती २२ वर्षको रहेको वडा नम्बर ६ का वडाअध्यक्ष मानसिंह थामीले जानकारी दिनुभयो ।
८ फागुन, २०७७ । ८ः४५ बजे प्रकाशित ।
VIEWS: 26490 पटक हेरीएको