दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जना गम्भिर घाईते, १५ घरपरिवार विस्थापित

4 months ago/Saturday, August 10th, 2019

दोलखा, २५ साउन ।

दोलखाको बिगु गाउँपालिकामा सुख्खा पहिरो खस्दा एक महिला गम्भिर घाईते भएकी छिन् भने १५ घरपरवार विस्थापित भएका छन् ।

विगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थित बसपार्क माथि रहेको भिरबाट सुख्खा पहिरो खस्दा स्थानीय अन्दाजी ५५/६० वर्षिया लाली तमाङ घाईते भएकी हुन् । घाईते तमाङलाई प्रस्तावित चरिकोट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । आज विहान करिव १० बजे भिरमाथिबाट खसेको सुख्खा पहिरोले ७ घरमा पुर्ण रुपमा क्षेति पु¥याएको छ । पहिराबाट ७ घरमा पुर्ण क्षति पुगेपनि भीरमाथिबाट निरन्तर रुपमा ढुंगा माटो झरिरहेकाले १५ घरपरिवार विस्थापित भएको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ ।

पहिरो गएको सुचना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल माथिल्लो तामाकोशी जलविद्युत आयोजना सुरक्षा लामाबगरबाट सशस्त्र प्रहरी नायव निरिक्षक मेघ प्रसाद चौलागाईको कमाण्डमा खटीएको सशस्त्र प्रहरी बलको टोलीले विस्थापित भएकाहरुको उद्धार गरेको थियो ।

२५ साउन, २०७६ । ३ः ३० बजे प्रकाशित ।

VIEWS: 8610 पटक हेरीएको
error: Content is protected !!