दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुषकोे मृत्यु

3 months ago/Friday, August 2nd, 2019

दोलखा, १७ साउन ।

दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुषकोे मृत्यु भएको छ ।

विगु गाउँपालिका वडा नम्बर ५ लोटिङका ३५ वर्षिय रुपाल तमाङको भिरबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो ४ बजेदेखि घरबाट निश्किएका तमाङको स्थानीय देविटार आधारभुत विद्यालयको नजिकै रहेको गैराबारी भिरबाट लडेर मृत्यु भएको दोलखाका प्रहरी  प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो । मानसिक सन्तुलन गुमाएका तमाङको शव भिरबाट ५० मिटर तल फेला पारीएको उहाँले बताउनुभयो । मृतक तमाङको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

१७ साउन, २०७६ । १०ः ०० बजे प्रकाशित ।

VIEWS: 6095 पटक हेरीएको
error: Content is protected !!