दोलखाको शैलुङ गाउँपालिका बागमति प्रदेशकै उत्कृष्ट बन्न सफल

2 weeks ago/Wednesday, February 12th, 2020

दोलखा, २९ माघ ।

दोलखाको शैलुङ गाउँपालिका बागमति प्रदेशको उत्कृष्ट स्थानीय तह बनेको छ ।

बागमती प्रदेशका १३ जिल्लाको १ सय १९ स्थानीय तहमध्य दोलखाको शैलुङ गाउँपालिका उत्कृष्ट बनेको हो । बागमति प्रदेश सरकारले प्रदेश स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसर पारेर शैलुङ गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका घोषणा गरेको हो । कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तिय प्रतिवेदन लगाएतका सुचकलाई आधार मानेर शैलुङ गाउँपालिकालाई प्रदेशभित्रकै उत्कृष्ट गाउँपालिका घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रमकाबीच शैलुङ गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवम प्रदेश प्रमुख विष्णु प्रसाईँले गाउँपालिका अध्यक्ष भरत दुलाललाई उत्कृष्ट गाउँपालिकाको कदर पत्र प्रदान गर्नुभयो ।

यसैगरी गाउँपालिकातर्फ रसुवाको कालिका गाउँपालिका दोस्रो भएको छ । नगरपालिकातर्फ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका उत्कृष्ट घोषित भएको छ भने चितवानको माडी नगरपालिका उत्कृष्ट नगरमध्यको दोस्रो स्थानमा पर्न सफल भएको छ ।

२९ माघ, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 4590 पटक हेरीएको
error: Content is protected !!