दोलखाबाट स्वाब परिक्षणका लागि पठाईएका तीनै जनाको रिपोर्ट नेगेटिभ

5 days ago/Tuesday, May 19th, 2020

दोलखा, ६ जेठ ।

दोलखाबाट कोरोना आशंकामा स्वाब परिक्षणका लागि पठाईएका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमण आशंकामा जिल्लाबाट पछिल्लो पटक तीन जनाको स्वाब परिक्षणका लागि धुलिखेल पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्लामा आज प्राप्त रिपोर्टअनुसार तीनै जनामा कोरोना भाईरस संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । दोलखाको तामाकोशी र वैतेश्वर गाउँपालिका तथा भीमेश्वर नगरपालिकाका एक÷एक जना गरि तीन जनाको कोरोना आशंकामा पिसिआर परीक्षण गरिएको थियो । उपचारका लागि अस्पताल पुगेका उनीहरुमा कोरोना आशंकामा आईतबार स्वाब संकलन गरेर परीक्षणका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।

यसैबीच, आजै दोलखाका चार जना पत्रकारको पनि आरडिटि विधिबाट कोरोना परिक्षण गरिएको छ । चार जना पत्रकारको आरडिटि परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

६ जेठ, २०७७ । ५ः ३० बजे प्रकाशित ।

VIEWS: 3100 पटक हेरीएको
error: Content is protected !!