दोलखामा अमिलो जातका फलफुलमा किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित

4 weeks ago/Sunday, November 17th, 2019

करुणा बस्नेत ।

दोलखा, १ मंसिर ।

दोलखामा सुन्तला, जुनार लगायत अमिलो जातका फलफुल बजार भित्र्ने बेलामा किराको संक्रमण देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

विगतका बर्षमा झैँ जुनार, सुन्तला, कागती लगायतका अमिलो जातका फलफुलमा किरा पर्ने समस्या यो बर्ष पनि दोहोरिएपछि व्यवसायिक किसानहरु चिन्तित बनेका हुन् । सुन्तला, जुनार फलेर धमाधम बजारमा विक्रि वितरणका लागि ल्याउने तयारी भइरहेका बेला फलमा मासुमा पर्ने जस्तै आँैसा किरा दानाभित्र देखिन थालेका कारण किसानहरुमा निराशा छाएको छ । जिल्लाको मेलुङ, कालिञ्चोक, शैलुङ गाउँपालिकाका साथै अन्य स्थानमा पनि सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । जिल्लाको मेलुङ गाउँपालिकाको वडा नम्बर १ को चिम्टे, चियानेखर्क, भगेरी, पल्लो पवटी, काब्रे, अम्ले लगायतका अधिकांश स्थान, वडा नम्बर २ को डाँडागाउँ आसपासको क्षेत्र, च्याने, वडा नम्बर ४ को बुद्धचोक आसपास, लामाटार, गोले गाउँ, पिपलबोट, आंगेटार, मानेडाँडा, वडा नम्बर ६ को सिमचिप्ले, साविक मेलुङको आसपासको क्षेत्रमा व्यवसायीक रुपमा सुन्तला खेति हुँदै आएको छ ।

मेलुङमा ३ हजार घरधुरीले व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएको र पछिल्लो सयम फलमा देखिने किराको प्रकोपले किसानहरुलाई निकै सताएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसका लागि गाउँपालिकाले बिशेष पहलकदमि लिने बताउनुभयो । गाउँपालिकाले सुन्तला खेती गर्ने किसानहरुलाई व्यवसायिकरण र व्यापारीकरणमा जोड दिन भन्दै सुन्तला महोत्सव गर्ने तयारी गरिरहेको छ ।

दोलखामा सुन्तला, जुनार लगायत अमिलो जातका फलफुल बजार भित्र्ने बेलामा किराको संक्रमण देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको मेलुङ, कालिञ्चोक, शैलुङ गाउँपालिकाका साथै अन्य स्थानमा पनि सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ ।

कालिञ्चोक गाउँपालिकामा लामिडाँडाको तल्लो भेग, सिंगटी आसपास, बञ्चरे, बाबरेको तल्लो भेग, चिंखु, सुनखानी, कालीनाग आसपास, भदौरे, तोरीखेत लगायत करिब ३ सय रोपनीमा व्यवसायिक सुन्तला खेती गरिँदै आएको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा उत्पादित सुन्तलाहरु स्थानीय बजार, चरिकोट लगायतका स्थानमा विक्रि गर्ने गरिन्छ । सो स्थानमा पनि सुन्तला, कागती, जुनार लगायतका फल कुहिने, झर्ने, बोट सुक्ने लगायतका समस्या देखिने गरेको किसानहरुको गुनासो छ ।

यसैगरी शैलुङ गाउँपालिकाको फस्कु, काटाकुटीको तल्लो भेग, मागाको तल्लो भेग, फेदीमा सुन्तला खेती व्यवसायीक रुपमा हुँदै आएको छ भने भीमेश्वर नगरपालिकाको जिलु, माटि, किरातीछाप लगायतका स्थानमा विशेष गरी सुन्तला खेति गरिन्छ । यता वैतेश्वर गाउँपालिकाको गैरीमुदी, मिर्गे, वडा नम्बर ७ को केही स्थान र गौरिशंकर गाउँपालिकाको वडा नम्बर ३ झ्याकु, वडा नम्बर ५ सुरी, वडा नम्बर ६ बोथु, चंखु गरी करिब २ सय रोपनीमा सुन्तला खेति गरिदैँ आएको गाउँपालिकाले जनाएको छ ।

भनेजस्तो बजार मुल्य पाउन समस्या

जिल्लाका विभिन्न स्थानमा व्यवसायीक रुपमा सुन्तला खेति गरिएपनि दानामा सानो प्वाल देखिने र त्यसमा औंसा किरा देखा पर्ने समस्याले हैरान बनाएपछि आफूले भनेजस्तो बजार भाउ पाउन समस्या हुने गरेको किसानहरुको गुनासो छ । किसानहरुका अनुसार किरा लाग्न थालेपछि फल उत्पादनमा समेत कमी आएको छ । विगत केही बर्षदेखि अमिलो जातका फलमा किराको प्रकोप देखिँदै आएपछि कतिपय किसानले यसको व्यवसायिक खेती गर्न समेत छाडेका छन् ।

किरालाई कसरी व्यवस्थापन गर्ने ?

अमिलो जातका फलफुलमा चिचिला लागेका बेला झिंगाले फुल पारिदिएपछि फैलने रोग नियन्त्रणका लागि बगंैचा सरसफाईमा किसानहरुले विशेष ध्यान दिनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारका कृषि वैज्ञानिक सुदिप उपाध्यायले जानकारी दिनुभयो । झिंगा पर्न नदिन सरसफाईमा ध्यान दिने, खनजोत र सिंचाईका बेला बोटमा खसेका फललाई डढाउने वा खाल्डो खनेर गाड्ने गर्नुपर्छ ।

सो काम गरेमा लुकेका कीराहरु नष्ट हुनुका साथै रोग किराको प्रकोप नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । फुल फुल्न सुरु भएदेखि मिठाइ लेजिनल भन्ने पासोलाई पाँच वटा बोटको बीचमा एउटा ठाउँमा राख्नका लागि पनि कृषि वैज्ञानिक उपाध्यायले सझाव दिनुभएको छ । सो काम गर्नाले अमिलो जातका फलमा लाग्ने किरालाई गलाएर फुल पार्न नदिनका लागि सहयोग पु¥याउँछ । सुन्तला फलिसकेका कारण अहिले भने विषादी राखेर किरालाई व्यवस्थापन गर्न गाह्रो हुने उहाँको भनाई छ ।

१ मंसिर, २०७६ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 1490 पटक हेरीएको
error: Content is protected !!