दोलखामा आए नयाँ प्रमुख जिल्ला अधिकारी

1 month ago/Friday, April 19th, 2019

दोलखा, ६ बैशाख ।

दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिमाल आज जिल्ला आएका छन् ।

नयाँ प्रजिअ रिमाल आजबाट कार्यालय हाजिर भएका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको सरुवा भएपछि रिमाल नयाँ प्रजिअको रुपमा दोलखा आएका हुन् । गृहमन्त्रालयले गत चैत २५ गते दोलखाका तत्कालिन प्रजिअ पाठकलाई गृहमन्त्रालय सरुवा गरि रिमाललाई दोलखा पठाउने निर्णय गरेको थियो । गृहमन्त्रालयबाट सरुवा भएर दोलखा आएका प्रजिअ रिमाल आज कार्यालय हाजिर भएका हुन् ।

सरुवा भएका प्रजिअ पाठकले चैत अन्तिममै जिल्ला छाडेपनि नयाँ प्रजिअ कार्यालय हाजिर नहुँदा जिल्ला प्रशासन कार्यालय दोलखा करिव एक साता प्रमुख बिहिन भएको थियो ।

६ बैशाख, २०७५ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 1325 पटक हेरीएको
error: Content is protected !!