दोलखामा ओली निकट पत्रकारको प्यानल बिरुद्ध संयुक्त प्यानलको मोर्चावन्दी

2 weeks ago/Sunday, April 4th, 2021

ईदोलखा संवाददाता ।

दोलखा, २२ चैत ।

नेपाल पत्रकार महासँघ दोलखा शाखाको नयाँ नेतृत्व चयनका लागि ५१ जनाको उम्मेदवारी परेको छ ।

पत्रकार महासंघ दोलखामा जम्मा १ सय १२ जना सदस्य रहेकोमा ५१ जनाले नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराएका हुन् । महासंघको नयाँ नेतृत्वका लागि केन्द्रमा भएको नेपाली कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र एमालेको प्रेस चौतारीको नेपाल समूह वीच चुनावी गठबन्धन अनुसार संयुक्त प्यानल र एमालेको प्रेस चौतारीको ओली समूह वीच प्रतिश्पर्धा हुने भएको हो । जसअनुसार अध्यक्ष पदका लागि संयुक्त प्यानलवाट दिपशंकर चौंलागाई र ओली समूहवाट केदार शिवाकोटीको नेतृत्वको छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी परेको छ । सहमतिको प्रयास सफल नभएपछि आज अपरान्ह दुवै समूहले छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन् । दोलखामा ओली समूहका पत्रकार बिरुद्ध कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूह निकट पत्रकारहरु एकजुट भएर चुनावी मैदानमा उत्रिएका छन् ।

पदाधिकारीमा यस्तो छ प्यानल

युनियन, प्रेस संगठन र प्रेस चौतारीको नेपाल समूह निकट पत्रकारहरुको संयुक्त प्यानलवाट खुल्ला उपाध्यक्ष पदमा सिर्जनकुमार घिमिरे, महिला उपाध्यक्षमा सिर्जना थापा (खड्का), सचिव पदमा दिलवहादुर केसी, खुल्ला सह सचिवमा बलराम शिवाकोटी, समावेशी सह सचिवमा फूर्वा तामाङ र कोषाध्यक्षमा नविनकुमार खतिवडाको उम्मेदवारी परेको छ । यसगरी प्रेस चौतारीको ओली समूहवाट खुल्ला उपाध्यक्षमा सेरवहादुर भुजेल, महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा निर्मला शिवाकोटी, खुल्ला सह–सचिवमा बिमला बुढाथोकी, समावेशी सह सचिवमा उषा तामाङ र कोषाध्यक्षमा गायत्रि आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

यी हुन् सदस्यका उम्मेदवार

यसैगरी ६ जना खुल्ला सदस्यका लागि संयुक्त प्यानलवाट गौतम जिरेल, रविन्द्र गौतम, गोकर्णप्रसाद भण्डारी, बलराम केसी, केदार दाहाल र शुसान्त कार्की, महिला सदस्य तर्फ दुर्गा बस्नेत, आदिवासी जनजाती सदस्यमा गोपिलाल तामाङ र समावेशी सदस्यतर्फ सुन्तली थामीको उम्मेदवारी परेको छ । ओली निकट प्रेस चौतारीवाट भने खुल्ला सदस्यमा तारावहादुर महत, पुस्कर महत, मुना गुरुङ, दिपक बस्नेत, रामचन्द्र खड्का र तुलसी मानन्धर, महिला सदस्यमा इस्वरी दाहाल, आदिवासी जनजाति सदस्यमा कैलाश लामा र समावेशी सदस्यमा महेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय परिषद र प्रदेश परिषदका उम्मेदवार

पत्रकार महासँघ दोलखा शाखावाट ३ जना केन्द्रीय परिषद सदस्यका लागि ६ जना र ७ जना प्रदेश परिषद सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको छ । जसअनुसार संयुक्त प्यानलवाट केन्द्रीय परिषद सदस्यमा शिवकुमार भुजेल, लक्ष्मी बस्नेत र सुभाष योञ्जन तथा ओली निकट प्रेस चौतारीवाट शर्मिला बुढाथोकी, जानुका न्यौपाने र निता राउतले उम्मेदवारी दिएका छन् । यसैगरी प्रदेश परिषद सदस्यतर्फ सँयुक्त प्यानलवाट लालकुमार मोक्तान, उपेन्द्र प्रधान, सिर्जना गोले, शिवजी प्रधान, बलराम खड्का र डम्बर चौंलागाई तथा ओली निकट प्रेस चौतारीवाट जगदिश शिवाकोटी, शान्तवहादुर जिरेल, अर्जुन दाहाल, रामचन्द्र गिरी, कोपिला काफ्ले, अर्जुन गौतम र कुमार जिरेलको उम्मेदवारी दर्ता भएको छ । दर्ता भएको उम्मेदवारी उपर भोली दावी बिरोध र पर्सि अन्तिम नामावली प्रकाशन हुनेछ । महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैत्र २५ गते निर्वाचन हुँदैछ । जसअनुसार दोलखामा १ सय १२ सदस्यले मतदान गर्न पाउने छन् ।

हेर्नुहोस् उम्मेदवारको नामावाली

२२ चैत, २०७७ । ७ः४० बजे प्रकाशित ।

 

VIEWS: 7775 पटक हेरीएको
error: Content is protected !!