दोलखामा कोरोना विरुद्धको भ्याक्सिनः पहिलो दिन १ सय ५५ जनालाई खोप

1 month ago/Wednesday, January 27th, 2021

दोलखा, १४ माघ ।

दोलखामा आज पहिलो दिन १ सय ५५ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् ।

चरिकोट अस्पतालबाट १ सय ३१ जना र जिरी अस्पतालबाट २४ जना गरी आज पहिलो दिन फ्रन्टलाइनमा खटिने १ सय ५५ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका हुन् । चरिकोट अस्पतालबाट ८० जना स्वास्थ्यकर्मी, ९ जना अन्य कर्मचारी, २७ जना महिला स्वयमसेविका, १४ जना सरसफाइकर्मी र एक जना सुरक्षाकर्मी गरी जम्मा १ सय ३१ जनाले कोरोना भाईरस विरुद्धको कोभिसिल्ड खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाका कोभिड १९ कार्यक्रम संयोजक बासुदेव अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार चरिकोट अस्पतालबाट पहिलो खोप डा. विनोद दंगालले लगाउनुभएको थियो भने डा. रिना लामिछाने र स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभू कुमार झा लगायतले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । चरिकोट अस्पतालबाट कोरोना विरुद्धको खोप लगाएकाहरुलाई तत्कालै साईड इफेक्ट देखिएमा उपचारका लागि सहज हुन्छ भन्ने उदेश्यले खोप लगाएको आधा घण्टासम्म अस्पताल परिसरभित्रै बस्न भनिएको थियो । कोभिसिल्ड खोप लगाउन चरिकोट अस्पतालमा तीन जना भ्याक्सिनेटर, तीन जना स्वास्थ्यकर्मी र अन्य सहयोगी गरी १३ जना खोप अभियानमा खटिएका थिए ।

दोलखामा आज पहिलो दिन १ सय ५५ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । चरिकोट अस्पतालबाट १ सय ५५ जना र जिरी अस्पतालबाट २४ जना गरी आज पहिलो दिन फ्रन्टलाइनमा खटिने १ सय ५५ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका हुन् । दोलखामा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने २ हजार १ सय ४० जनालाई कोरोना विरुद्धको खोप दिईनेछ ।

यस्तै जिरी नगरपालिकामा ७ जना स्वास्थ्यकर्मी, १२ जना महिला स्वास्थ्य स्वयमसेविका, ३ जना सरसफाईकर्मी र दुई जना एम्वुलेन्स चालक गरी आज पहिलो दिन जम्मा २४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिरी अस्पतालमा कोरोना विरुद्धको पहिलो खोप ठुलोपातल स्वास्थ्य चौकीका इन्चार्ज जंग बहादुर शाहले लगाउनुभएको थियो भने जिरी नगरपालिकाका स्वास्थ्य संयोजक गौतम कुमार शाह लगायतले आज कोरोना विरुद्धको खोप लगाएको जिल्ला कोभिड १९ संयोजक अधिकारीले जानकारी दिनुभयो । जिरी अस्पतालमा पनि कोरोना विरुद्धको खोप लगाउन अनमी, स्टाफनर्स लगायतका स्वास्थ्यकर्मी र अन्य व्यक्ति परिचालन गरिएको थियो । दोलखामा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने २ हजार १ सय ४० जनालाई कोरोना विरुद्धको खोप दिईनेछ ।

१४ माघ, २०७७ । ४ः५५ बजे प्रकाशित ।

VIEWS: 2550 पटक हेरीएको
error: Content is protected !!