दोलखामा चार हजार विद्युतीय पोल परिवर्तन गर्नु पर्ने, बल्ल तीन सय ७५ पोल फेरियो

2 weeks ago/Wednesday, February 12th, 2020

सिर्जना गोले ।
दोलखा, २९ माघ ।

दोलखाको ६ स्थानीय तहमा पुराना विद्युतीय पोल परिर्वतन गरी फलामका पोल राख्न सुरु गरिएको छ ।

जिल्लाको भिमेश्वर र जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, शैलुङ, मेलुङ र तामाकोशी गाउँपालिकामा काठको पोल परितर्वन गरी नयाँ फलामको पोल राख्न सुरु गरिएकोे हो । नेपाल विद्युत प्राधिकरण दोलखाले मंसिरदेखि सुरु गरेको सो अभियान अन्तर्गत हालसम्म ३ सय ७५ वटा नयाँ पोल फेरीएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्राविधिक प्रमुख राजेन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा १ सय ९ र भिमेश्वर नगरपालिकामा १ सय ५ वटा पोल परिवर्तन गरिएको छ । जसअनुसार भिमेश्वर नगरपालिकाको वडा नम्बर १ मा २८ वटा, ३ मा २, ४ मा २०, ५ मा ३, ६ मा ५, ७ मा १६, ८ मा १८ र ९ मा १३ गरी १ सय ५ वटा फेरीएको हो । यसैगरी, बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ मा १० वटा, २ मा २२, ३ र ६ मा ५/५ र ७ मा ६७ वटा गरी १ सय ९ वटा पुराना काठको पोल फेरी नयाँ फलामको पोल राखिएको छ भने थप सय थान पोल परिवर्तनका लागि पठाईएको छ ।

नेपाल विद्युत प्राधिकरण दोलखाले मंसिरदेखि काठको पोल परितर्वन गरी नयाँ फलामको पोल राख्न सुरु गरेकोमा हालसम्म ३ सय ७५ वटा नयाँ पोल फेरीएको छ । काठको पोल परिर्वतन गर्ने काम आगमी वर्षहरुमा पनि निरन्तर हुने  र आगामी वर्ष जिल्लामा ४ हजार भन्दा बढी पुराना काठको विद्युतीय पोल परिवर्तन गर्ने नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । 

उता, शैलुङ गाउँपालिकामा पनि ६७ वटा पोल फेरीएको छ । शैलुङको वडा नम्बर १ मा ११ वटा, ३ मा २२ र ७ मा ३४ वटा नयाँ पोल फेरीएको छ । मेलुङ गाउँपालिकामा अहिले सम्म ५० वटा पोल फेरीएको र ५० वटा फेरीएकोमा ५० थान पोलहरु परिवर्तन गर्न पठाइएको प्राधिकरणले जनाएको छ । यस्तै, तामाकोशी गाउँपालिकाको विभिन्न स्थानमा ९ वटा र जिरीको विभिन्न स्थानमा पुरानो काठको पोललाई परिवर्तन गरी नयाँ २० वटा पोल गाडिएको छ । यस्तै कालिञ्चोक गाउँपालिकामा पनि काठको पोल परिवर्तन गर्र्ने काम भइरहेको छ । बिगु र गौरीशंकर गाउँपालिकामा भने धेरै काठको पोल परिवर्तन गर्नुपर्ने अवस्था नरहेको बताईएको छ ।

काठको पोल परिर्वतन गर्ने काम आगमी वर्षहरुमा पनि निरन्तर हुने केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा विद्युत विस्तारका कारण काठका पोलहरु मक्किएर ढल्ने अवस्थामा पुगेको र कतिपय स्थानमा दुर्घटना समेत भएको हुदाँ विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले सबै काठका पोल परिवर्तन गर्ने योजना बनाएको हो । यद्धपी पर्याप्त बजेट अभावका कारण आवश्यक नयाँ फलामे पोल खरिद गरी पुराना काठको पोल हटाउन कठिन भएको कार्यलयले जनाएको छ ।

२९ माघ, २०७६ । १०ः३० बजे प्रकाशित ।

VIEWS: 2195 पटक हेरीएको
error: Content is protected !!