‘जनयुद्ध दिवस’ मनाउने क्रममा वैद्य माओवादीका तीन कार्यकर्ता एक घण्टा प्रहरी नियन्त्रणमा

2 weeks ago/Thursday, February 13th, 2020

दोलखा, १ फागुन ।

जनयुद्ध दिवस मनाउन लागेका वैद्य माओवादीका तीन नेता कार्यकर्तालाई दोलखा प्रहरीले करिव एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

दोलखा सदरमुकाम चरिकोटबाट पक्राउ परेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी दोलखाका सचिव गोविन्द काफ्ले, भगवान खड्का र कृष्ण उप्रेतीलाई दोलखा प्रहरीले करिव एक घण्टा नियन्त्रणमा लिएर छाडेको हो । उनीहरुलाई प्रहरीले करिव साँढे २ बजे जनयुद्ध दिवश मनाउने क्रममा सदरमुकाम चरिकोटस्थित सातदोबाटोबाटै पक्राउ गरेको थियो । शंकास्पद गतिविधि गरेको आशंकामा पक्राउ गरिएपनि त्यस्तो केही नपाईएकाले सोधपुछ पछि छाडिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

यसैबीच, क्रान्तिकारी माओवादीका जिल्ला सचिव काफ्लेले भने आँफुहरुको कार्यक्रम विथोल्नका लागि यो हर्कत गरिएको प्रतिक्रिया दिनुभयो । पक्राउ परेकामध्य भगवान खड्का अखिल क्रान्तिकारीको जिल्ला संयोजक रहेको र कृष्ण उप्रेती भने पार्टीमा आवद्ध व्यक्ति नभएको उहाँले बताउनुभयो ।

 

VIEWS: 2450 पटक हेरीएको
error: Content is protected !!