दोलखामा जेठ २६ देखि ३० गतेसम्म ६३ र ६४ बर्ष उमेरका जेष्ठ नागरिकलाई खोप दिईने

2 weeks ago/Monday, June 7th, 2021

दोलखा, २४ जेठ ।

दोलखामा पर्सिवाट ६३ र ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई कोरोना भाईरस बिरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहमा पर्सिवाट जेठ ३० गतेसम्म ६३ र ६४ बर्ष उमेर समूहका मानिसलाई कोरोना भाईरस बिरुद्धको भेरोसेल खोप लगाईने भएको हो । यसअघि ६० देखि ६४ बर्ष उमेरसमुहका जेष्ठ नागरिकलाई खोप लगाईने भनिएपनि जिल्लाको माग अनुसार खोपको व्यवस्थापन गर्न नसकिने भन्दै सरकारले अन्तिम समयमा आएर खोप दिने उमेर समूहलाई परिवर्तन गरेको छ । सरकारले उमेर समूह परिर्वतन गर्दै ६२ देखि ६४ बर्षसम्मका नागरिकलाई खोप लगाउने भनेपनि दोलखामा भने ६३ र ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको हो । जिल्लाको आवस्यक्ता अनुसार खोप नपुग्ने भएपछि ६२ बर्ष उमेर समूहकालाई बाँकी राखेर ६३ र ६४ बर्ष उमेर समूहकालाई मात्रै खोप दिन लागिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार पर्सि अर्थात जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म खोप दिन लागिएको हो । जसअनुसार जेठ २६ देखि जेठ ३० गतेसम्म बिगु, मेलुङ, कालिन्चोक, शैलुङ र भीमेस्वर नगरपालिका तथा जेठ २६ र २७ गते जिरी नगरपालिका, तााकोशी, वैतेस्वर र गौरीसंकर गाउँपालिका तथा जेठ २९ र ३० गते जिल्लाभर खोप कार्यक्रम संचालन हुने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाउनका लागि जिल्लाका प्रत्येक स्थानीय तहमा तीन वटा खोप केन्द्रको व्यवस्था गरिने छ ।

दोलखामा पर्सिवाट ६३ र ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई कोरोना भाईरस बिरुद्धको भेरोसेल खोप लगाईने भएको छ । सरकारले उमेर समूह परिर्वतन गर्दै ६२ देखि ६४ बर्षसम्मका नागरिकलाई खोप लगाउने भनेपनि दोलखामा भने ६३ र ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको हो । जिल्लाको आवस्यक्ता अनुसार खोप नपुग्ने भएपछि ६२ बर्ष उमेर समूहकालाई बाँकी राखेर ६३ र ६४ बर्ष उमेर समूहकालाई मात्रै खोप दिन लागिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका ६३ र ६४ बर्ष उमेर समूहमा जेष्ठ नागरिकले आफ्नो पहिचान खुल्ने नागरिकता र उमेर खुल्ने सरकारी कागजात तथा सो नभए उमेर खुल्ने वडापालिकाको शिफारिसका आधारमा सम्बन्धित गाउँपालिकाले तोकेको खोप केन्द्रमा खाप लगाउन पाउने छन् । जेष्ठ नागरिककालागि दिन लागिएको भेरोसेल खोप चिनियाँ सरकारले सहयोग स्वरुप दिएको हो । चीनियाँ सरकारले उपलब्ध गराएको भेरोसेल खोपमध्ये दोलखालाई ५४ सय डोज प्राप्त भएको छ । सो खोपबाट २७ सयलाई दुबैै डोज खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

चीनसँग सीमा जोडिएको स्थानीय तहको १८ बर्षमाथिका नागरिकले कोरोना भाईरस बिरुद्धको चिनियाँ खोप पाउने भनिए पनि दोलखावासीले भने सो सुविधा नपाउने भएका छन् । तीब्बतसँग नाका जोडिए पनि सो नाकाबाट आवतजावत नहुने स्थानमा भने खोप पाईने छैन । दोलखामा पनि चीनसँगको नाका नखुलेकाले चीनसँग सीमा जोडिए पनि आवतजावत नहुँदा १८ बर्षमाथिका नागरिकले कोरोना भाईरस बिरुद्धको चिनियाँ खोप लगाउन नपाउने भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखामा ९ हजार १ सय ९८ जना जेष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज मात्रै लगाएका छन् । उनीहरुले दोस्रो डोजको खोप भने अझै लगाउन पाएका छैनन् । अहिले दिन लागिएको भेरोसिल खोप यसअघि कोभिसिल्ड खोप लगाएका बाहेकका जेष्ठ नागरिकलाई दिईने छ ।

२४ जेठ, २०७८ । ६ः२५ बजे प्रकाशित ।

VIEWS: 1225 पटक हेरीएको
error: Content is protected !!